बाँकेमा थप ९३६ जना भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
२५६९ बुद्ध जयन्तीमा ककरपत्त नगरमा साताव्यापी कार्यक्रम
लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ ।
धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच भेटवार्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्यान्डका राजदूत डा.ड्यानिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
दाङमा प्रथम खुला पुरुष 'खोखो' प्रतियोगिता हुने
दाङ जिल्लामा पहिलो पटक प्रथम खुला 'खोखो' प्रतियोगिता सुरु भएको छ । 'खोखो' सङ्घ दाङको आयोजनामा प्रथम खुला पुरुष खो खो प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा वैशाख २६ गतेदेखि सुरु हुने भएको हो ।
क्यामराको निगरानीमा पहिरो
बुटवलका लागि बर्सौंदेखि अभिशाप बन्दै आएको ज्योतिनगर र मिलनपथको पहिरो नियन्त्रणका लागि क्यामराबाट निगरानी सुरु गरेको छ ।
बड्कापथको पानी छोड्ने तयारी
दाङको देउखुरीमा निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको करिब आठ किलोमिटर नहरमा पानी छोड्ने तयारी भएको छ ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले जेठ ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
पुर्जाको आसमा सुकुमवासी
रुपन्देहीको कञ्चन गाउँपालिकाका १३ हजार सुकुमवासी जग्गाको पुर्जा पाउने आशामा दिन गनेर बसेका छन् । जिल्लामै सबैभन्दा धेरै सुकुमवासीको समस्या कञ्चन गाउँपालिकामै छ ।
साहित्यकारलाई नाट्यरत्न प्रदान
नेपाली नाटक विधाको क्षेत्रमा योगदान पुर्याउने रुपन्देहीका साहित्यकारलाई नाट्यरत्न २०८२ ले सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीको धर्ना
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् ।
लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा खड्का
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा कृष्ण खड्का चयन हुनुभएको छ ।
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको बजेटको आकार घट्ने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ ।
नेपालगन्जमा हात्तीपाइले रोगविरुद्धको अभियान लम्बियो
१३ पटकसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य पूरा नभएपछि बाँकेका तीन पालिकामा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानमा यस पटक पनि धेरैले औषधी सेवन नगर्दा अभियान लम्बिएको छ ।
सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण
पाल्पाको माथागढीमा नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाले माथागढी परिसरमा तयार गरेको उद्यान मङ्गलबार माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
जलयात्रामा पर्यटक
पर्वतको मोदीवेणीमा जलयात्रा गर्दै गरेका पर्यटक । गर्मी मौसम सुरु भएसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालन भएको छ । चिसोका कारण मङ्सिरदेखि बन्द भएको जलयात्रा चैतको दोस्रो सातादेखि संचालनमा आएको हो ।
नारायणीमा जथाभाबी उत्खनन, धार परिर्वतन हुने जोखिम
सुस्तास्थित नारायणी नदीमा, जोखिमको आँकलननै नगरी नदीजन्य पदार्थको धमाधम उत्खनन भइरहेको छ । नेपाल र भारतसँग सम्बन्धित गण्डक बाँधअन्तर्गत पर्ने नारायणी नदीमा अहिले एक्साभेटर मेसिन प्रयोग गरेर उत्खनन् भइरहेको छ ।
नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दो
वैशाख २ गते मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेलले नारायणी नदीमा पौडी खेल्ने क्रमममा डुबेर ज्यान गुमाए ।
महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान
बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रूपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ।
दाङमा नौ महिनामा सवारी दुर्घटनामा परि ६७ जनाको मृत्यु
दाङमा सवारी दुर्घटना वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो ।
तीन हजार छ सय रोपनीमा फैलियो चैते धान
आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरूले विभिन्न फाँटहरूमा छिटफुट रूपमा चैते धान लगाउने गर्दथे ।
कोहलपुरमा ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला
बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् ।