• २६ वैशाख २०८२, शुक्रबार

साहित्यकारलाई नाट्यरत्न प्रदान

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २५ गते । नेपाली नाटक विधाको क्षेत्रमा योगदान पुर्‍याउने रुपन्देहीका साहित्यकारलाई नाट्यरत्न २०८२ ले सम्मान गरिएको छ । साहित्यकारहरू हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण पाण्डेय, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा. नारायणप्रसाद पन्थ र पुष्कर रेग्मी अथकलाई नेपाली नाट्यरत्न सम्मान, २०८२ ले सम्मान गरिएको हो । बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले नेपाली साहित्यको श्रीवृद्धिमा नाटककारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले नाटक विधामा नेपाली नाट्यविमर्श महìवपूर्ण रहेको बताउँदै नेपाली साहित्यको विकास र उन्नयनका लागि लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय प्रज्ञा–प्रतिष्ठान निर्माण गर्न मसौदा तयार भइरहेको बताउनुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ बुँद राना, संविधान सभाका सभासद नेत्रप्रसाद पन्थी, शिक्षाविद् लोकनाथ उपाध्याय, साहित्यकार जङ्गबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।