बुढ्यौली उपचार सेवा बिस अस्पतालमा
ज्येष्ठ नागरिकको सहज उपचार सेवाका लागि लुम्बिनी प्रदेशका २० अस्पतालमा स्वस्थकर बुढ्यौली उपचार सेवा विस्तार भएको छ ।
मानव बेचबिखनका लागि जमुनाह जोखिमपूर्ण
पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ ।
रामलीलाका कलाकार तयार पारिँदै
दसैँको बेला नेपालगन्जमा १५७ वर्षदेखि रामलीला मञ्चन हुँदै आएको छ ।
बजेट अभावले लुम्बिनी गुरुयोजना कार्यान्वयनमा कठिनाइ
लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ ।
उत्साहजनक निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिट्ठा, तार्पिन तेल, खोटो रोजिनलगायतका पदार्थको निर्यातमा उत्साहजनक वृद्धि भएको छ ।
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्तीसोनारी-४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दसैँका लागि बाँकेमा खसी बोकाको मूल्य निर्धारण
दसैँलाई लक्षित गरेर बाँकेमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ।
कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण गरिँदै
जिल्लाको रामपुर नगरपालिकाले कालीगण्डकी नदीलाई पर्यटनसँग जोड्न पैदलमार्ग निर्माण सुरु गरेको छ । कालीगण्डकी नदीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्त्वलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नदी किनारमा पैदलमार्ग निमार्ण सुरु गरेको हो ।
सडक निर्माणसँगै हरियाली
नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने चारलेन सडक निर्माण कार्य सम्पन्न हुन करिब डेढ वर्ष बाँकी छ ।
जिल्ला प्रहरी बाँकेद्वारा १० करोडभन्दा बढी राजश्व असुली
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा जिल्ला प्रहरी कार्यालयले विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्षमा १० करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन गरेर दाखिला गरेको छ ।
कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताउनुभएको छ ।
नियमित सरसफाइ अभियान
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ ।
थारू सङ्ग्रहालयमा आकर्षण
दाङमा निर्माण भएको थारू सङ्ग्रहालयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।
किशोरी गर्भवती घट्दै
पाल्पामा किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दै गएको छ ।
चिया बेचेरै मासिक सत्तरी हजार
राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेरै मासिक ७० हजार रुपियाँ कमाउनुहुन्छ ।
मैदानको लागि आन्दोलन गर्ने तयारीमा फुटबल संघ
फुटबल मैदान उपलब्ध गराउन पहल गरिदिनको लागि बाँके जिल्ला फुटबल सङ्घले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ।
सुधारगृहको रुपमा विकास हुँदै गुल्मी कारागार
कारागार कार्यालय गुल्मीलाई सुधारगृहको रुपमा विकास गर्न थालिएको छ ।
तरकारी सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहज
तरकारी खेती व्यवसायमा आबद्ध किसानाई बिक्री गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले दंगीशरण गाउँपालिका–३ चखौरामा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको छ ।
किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्बन्धी तालिम दिन सुरु गरेको छ ।
तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन बर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।
भैरवनाथ मन्दिरमा चढाइन्छ हजारौं रोटी
पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटरको दूरीमा अवस्थित छ, भैरवनाथको मन्दिर । यस मन्दिर रिब्दिकोट गाउँपालिकाको पर्यटकिय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ । रिब्दीकोट गाउँपालिका–१ मा रहेको भैरव मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् । जसले गर्दा रिब्दिकोट गाउँपालिका धेरैले चिन्ने गरेका छन् ।
बन्दै आकर्षक प्रशासनिक भवन
दाङको राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशका प्रशासनिक भवन हेर्दा मन लोभ्याउने छन् ।