'मेरो विद्यालय मेरो दायित्व' कार्यक्रम हापुर माविद्वारा अस्विकार
लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रम सुरु नहुँदै दाङको एक विद्याललय अस्विकार गरेको छ ।
गुल्मीमा ९९ दशमलव ७१ प्रतिशतलाई एचपिभी खोप
गुल्मीमा लक्षित समूहका बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९९ दशमलव ७१ प्रतिशतले लगाएका छन् ।
‘युवालाई उद्यमी बन्न उत्प्रेरित गर्न शिक्षाको खाँचो छ’
लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले हामीले पढिरहेको शिक्षाले युवामा सकारात्मक चेतना, हातमा सीप र श्रमको सम्मान गर्ने संस्कारको विकास नगरेसम्म नेपालमा उद्यमशीलताको विकास नहुने बताउनुभएको छ ।
अनुदानमा प्राङ्गारिक मल वितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल वितरण सुरु गरेको छ ।
कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार
गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ ।
माडीखोला र आसपासको क्षेत्र
रोल्पा, फागुन ९ गते । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको भूभाग भएर नागबेली आकारमा बगेको माडीखोला र आसपासको भूभाग । रुकुम पूर्वको भुमे गाउँपालिकामा मुहान भएर बगेको माडी प्युठानमा झिम्रुकसँग मिसिएपछि राप्ती नदी भएर बग्ने गर्दछ । तस्बिरः रासस
परालको गुन्द्री बुन्दै
नेपालगन्ज, फागुन ९ गते । नेपालगन्जमा सञ्चालन भएको नवौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा बाँकेको खजुरा गाउँपालिका २ सिद्धनगरका ६१ वर्षीया केवल सार्की परालको गुन्द्री बुन्दै । एउटा गुन्द्रीलाई उहाँले रु. सात सयमा बेच्ने गर्नुहुन्छ । तस्बिरः रासस
‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै
लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदैछ । सामाजिक विकास मन्त्रालयले प्रदेशको सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो ।
छाडा गाईवस्तु व्यवस्थापन गर्न ऐन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा गाईवस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना वृद्धि
लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सन् २०२४ मा दुई हजार २७१ जना पीडित भएको इन्सेकले जनाएको छ ।
लोकगीत तथा नृत्य प्रस्तुत
भारत र नेपालको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई झन् प्रगाढ बनाउँदै दुवै देशका जनताबिच सुमधुर सम्बन्ध विस्तार गर्न भारत सरकारद्वारा भारत–नेपाल मैत्री महोत्सवको आयोजना गरिएको छ ।
दुना–टपरी उद्योगबाट कमाउँदै पाल्पाली महिला
पाल्पा, फागुन ९ गते । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उहाँ अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।” सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उहाँ घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्र्ने गर्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी पनि फेरिएको छ । उहाँ अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउनुहुन्छ । अचेल उहाँँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन । “बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु, अहिले समय गएको पत्तो हुँदैन”, रोकाले भन्नुभयो । दुना–टपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उहाँले बताउनुभयो ।केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउनुहुन्छ । महिना दिनसम्म काम गरेपछि तलब बुझ्नुहुन्छ । यसभन्दा अघि उहाँको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उहाँलार्ई भ्याइनभ्याई छ । सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उहाँको दैनिकीमात्र होइन, जीवनशैली नै फेरिएको छ । उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ । उहाँले भन्नुभयो, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ ।” पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उहाँले हिजोआज सहज भएको बताउनुभयो ।केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उहाँहरूले मासिक रू पाँच हजारदेखि १० हजारसम्म कमाउनुहुन्छ । पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ । महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताउनुभयो । उहाँले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको उल्लेख गर्नुभयो । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उहाँको भनाइ छ । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ [रेडा] र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको सहयोगमा रू एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको उल्लेख गर्नुभयो । विसं २०७७ मङ्सिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो । अहिले यहाँ पाँच जना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन् । दुना–टपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ । कतिपय नयाँ पुस्तामा दुना–टपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताउनुभयो । पोखरादेखि काठमाडौँसम्म पाल्पाली दुना–टपरीयहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार रू दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ ।दुना–टपरीको धार्मिक महत्त्व दुनाटपरी आम्दानीको राम्रो स्रोत मात्र होइन, धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ । टपरीको प्रयोग प्रायः विवाह, व्रतबन्ध, न्वारन आदि शुभ तथा अशुभ कार्यमा देवतालाई भोग लगाउने र खाना खाने काममा प्रयोग गरिन्छ । विवाह, व्रतबन्ध, पुराणलगायत ठूला कार्जे गर्दा धेरै महिला जम्मा भएर दुना टपरी गाँस्ने चलन छ ।खासगरी यी सामग्री परम्परागत रीतिरिवाज तथा संस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । यिनमा खानेकुरा, अन्न, राख्ने र देवतालाई चढाउने काम गरिन्छ । त्यसका साथै थाल बटुकाको सट्टा दुना टपरीमा खानेकुरा राखी मानिसले नै खाने प्रयोजन पनि गर्छन् । थाल, बटुकामा खाएपछि माझ्नुपर्ने भएकाले ठूला भोजभतेरमा खाने प्रयोजनका लागि यो निकै महत्त्वपूर्ण मानिन्छ । एकपटक प्रयोग गरेपछि फ्याँकिन्छ । यो वातावरणमैत्री पनि मानिन्छ । प्रयोगपछि सजिलै नष्ट गर्ने भएकाले हिजोआज यो सहरबजारमा पनि निकै प्रयोगमा आउन थालेको छ ।यसरी बनाइन्छ दुना–टपरीदैनिक जीवनमा चलाउने थाल र बटुकाजस्तै सामग्री हुन दुना र टपरी । टपरी धेरै पात एकापसमा सिन्काको माध्यमले जोड्दै थालजस्तो आकारको पारेर बुनिन्छ । यसका लागि पनि सीप भएकै व्यक्तिको आवश्यकता पर्छ । सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई हिजोआज भने आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ ।यसको आकार भने आवश्यकतानुसार सानोठूलो बनाउन सकिन्छ । दुनाका लागि भने दुईवटा मात्र सालको पात प्रयोग गरिन्छ । पातलाई जोडेर मेसिनमा राखिन्छ । त्यसपछि मेसिनले अठ्याएर दुना–टपरीका [साना-ठूला] विभिन्न आकारमा बनाउने गरिन्छ । मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ । आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि यो गतिलो आम्दानीको माध्यम बनेको छ ।
उद्योगमा दक्ष कामदार अभाव
आर्थिक मन्दीका कारण उत्पादन कटौती गर्नु परेको गुनासो गर्दै आएका रुपन्देहीका उद्योगीले नेपालमा दक्ष जनशक्ति (श्रमिक) को अभाव हुँदा उद्योग चलाउन भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
लखन थापा फुटबल प्रतियोगिताः प्रथम हुनेलाई एक लाख पुरस्कार
नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो ।
महायज्ञबाट करिब डेढ करोड रुपियाँ संकलन
बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा आजसम्ममा करिब डेढ करोड रुपियाँ संकलन भएको छ ।
सियारीमा फेला पर्यो महिलाको शव
रुपन्देहीको सियारी गाउँपालिका –२ भगदरीमा एक जना महिलाको शव फेला परेको छ । बेथरी बेलवास सडक खण्डको सियारी –२ भगदरीस्थित सडकछेउको खेत किनारमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुँजीगत खर्चको आकार बढाउन मातहतका निकायलाई मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो।
पुरुष मृत अवस्थामा फेला
तुलसीपुर उपमहानगरपालिका –१ मा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको सोही वडाको कुमालगाउँ भमके निवासी ५५ वर्षका लोकबहादुर परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
किसान परिचयपत्र वितरण
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले बजार क्षेत्रका गैह्र किसानहरूले बजारका जुनसुकै ठाँउमा बसेर तरकारी बिक्री गर्न थालेपछि उत्पादन गर्ने किसान मारमा पर्न थालेपछि किसान परिचय पत्र वितरण गरिएको बताउनुभयो ।
नेपालगन्जको सरसफाइमा समस्या
पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
बसले किचेर बालिकाको मृत्यु
प्युठानको बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
बिरामी बोक्ने एम्बुलेन्स आफैँ बिरामी
गुल्मीमा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स आफैँ बिरामी भई थलिएर बसेका छन् । त्यी मध्येको एउटा उदाहरण हो भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्ेवारा सञ्चालित लु १ च ३३६१ नम्बरको एम्बुलेन्स ।
पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव
पाल्पाको पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव २०८१ भएको छ । प्रजातन्त्रलाई विकाससँग जोड्ने ध्येयका साथ नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्य समितिले महोत्सवको थालनी गरेको हो ।
गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल
यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।