बुटवल औद्योगिक क्षेत्र साँघुरो
बुटवलका उद्योगीले बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभावका कारण उद्योग विस्तार गर्न समस्या परेको भन्दै मोतीपुर औद्योगिक क्षेत्र छिटो निर्माण गर्न आग्रह गरेका छन् ।
बेलहिया नाकामा नवनिर्मित नेपालद्वार
नेपाल–भारत सीमा नाका बेलहियामा नवनिर्मित नेपालद्वार ।
कपिलवस्तुमा झण्डै तीन सयवटा भ्रष्टाचारका उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तु जिल्लाबाट मात्रै २८० भ्रष्टाचारका उजुरी परेका छन ।
जिप दुर्घटना हुँदा ६ जना घाइते
पाल्पाको निस्दी गाउँपालिका –४, लामेदमारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिपमा सवार १६ जना मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भारतबाट फर्किंदै गरेका एक नेपालीको मृत्यु
भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताउनुभयो ।
प्रदेश सरकारको प्राथमिकता पर्यटन प्रवर्धन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलको संरक्षण, प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ।
मुसिकोटमा ४७४ जनाको क्षयरोग स्क्रिनिङ
गुल्मीको मुसिकोट नगरपालिकामा ४७४ जनाको एआई प्रविधिबाट निःशुल्क क्षयरोग स्क्रिनिङ गरिएको छ ।
गहुँ खेती गर्ने क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बाँकेमा गत वर्षभन्दा यसवर्ष गहुँ खेती गर्ने क्षेत्रफल घटेको छ भने गहुँ उत्पादनमा भने वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो ।
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को आज (शुक्रबार) एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
गन्धर्व महिलाहरूद्वारा सारङ्गी बनाउने तालिमको माग
बाँकेको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति बचाउन र प्रवर्धन गर्नका लागि केही दिनअघि कोहलपुर नगरपालिका ११ गन्धर्व टोलका गन्धर्व समुदायका महिलाहरुलाई ६ दिने सारङ्गी बजाउने तालिम प्रदान गर्याे ।
रेसुङ्गाबाट हप्तामा तीन दिन उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुन : सातामा तीन दिन उडान हुने भएको छ ।
जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
सदरमुकाम खलङ्गामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मल्लरानी ब्याडमिन्टन क्लब खलङ्गाको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार
नवलपरासी पश्चिमस्थित बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्व्यंसेविकालाई दुई लाख ५० हजार नगद प्रोत्साहन तथा १५ हजार मूल्य बराबरको मोबाइल फोन दिने घोषणा गरेको छ ।
बर्दियामा गहुँ उत्पादनमा वृद्धि
अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यस वर्ष बर्दियामा गहुँ उत्पादनमा वृद्धि भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागेका छौं : मन्त्री कार्की
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागिएको बताउनुभएको छ ।
नेपाल भारत नाकामा परिचय खुलेमा मात्र प्रवेश
दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् ।
सीमा सुरक्षामा कडाइ
भारत–पाकिस्तान विवाद बढ्दै जाँदा ८३ किलोमिटर खुला सीमा भएको बर्दिया जिल्लाको सीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नदीमा टिपर खस्दा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२, का २६ वर्षीय प्रभाकर यादव रहनुभएको छ ।
गोरखापत्रको १२५ : कोहलपुरमा शुभकामना आदान प्रदान
गोरखापत्रको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुरमा विहिबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियोे ।
कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ।
रेसुङ्गाको स्थापना दिवस : कृषकदेखि विद्यार्थी सम्मान
गुल्मीको रेसुङ्गा नगरपालिका स्थापना भएको १२ औँ स्थापना दिवसका अवसरमा कृषकदेखि विद्यार्थीसम्मलाई सम्मान गरिएको छ। स्थापना दिवसमा भएको कार्यक्रमलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुभयो।
बाँकेमा थप ९३६ जना भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
२५६९ बुद्ध जयन्तीमा ककरपत्त नगरमा साताव्यापी कार्यक्रम
लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ ।