सामुदायिक वन जोगाउन महिला सक्रिय
सामुदायिक वनबाट काठ दाउरा अवैध रूपमा चोरी पैठारी हुन थालेपछि बर्दियाको गुलरिया नगरपालिका ४, ५ का महिलाहरू सामुदायिक वन जोगाउन दैनिक गस्ति जाने गर्नुहुन्छ ।
रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान हुने
तम्घास, वैशाख २९ गते । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा सात हजार दुई सय ८० भाडादर कायम छ ।मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताउनुभयो ।निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । रासस
तस्बिरमा २५६९ औं बुद्ध जयन्ती
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
चितवन र बाँकेलाई पर्यटनसँग जोड्न यातायात सुविधा सहज बनाउनुपर्नेमा जोड
‘घुमौं सौराहा’ अभियानसहित नेपालगन्ज आइपुगेका चितवनका व्यवसायी र नेपालगन्जका सरोकारवालाबिच आयोजित भेटघाट कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास अभावमा पर्यटन क्षेत्र धरासायी भएको बताएका छन् ।
डेढ करोड लगानीमा दुई सय १० घरमा खानेपानी
तिलक घर्तीमगर रोल्पा, वैशाख २९ गते । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका हुन् । घरमै धारो निर्माण भएपछि एउटै धारोमा पालो पर्खनुपर्ने र घण्टौँ लाएर पोखरीमा जानुपर्ने समस्या हटेको स्थानीय नवीन बुढामगरले भन्नुभयो । “उहाँले भन्नुभयो यहाँका स्थानीय महिलाहरू बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरूले पुस्तौँदेखि पोखरी वा धारोमा घण्टौँ पालो पर्खेर पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि यहाँका स्थानीय महिला, बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरू त्यो समस्याबाट मुक्त भएका छन् ।” नवीन मात्र नभई यतिबेला सुनछहरी गाउँपालिका –४ स्युरीका २ सय १० घरपरिवार समेत घरघरमा खानेपानी आएपछि हर्षित भएका छन् । पानी नहुँदा घर आसपासमा रहेका जमिन समेत बाँझो थियो । अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको स्थानीय चुरामण रोका मगरले बताउनुभयो ।२०८१ असोजबाट सुरु भएको खानेपानी आयोजना २०८२ वैशाख महिलामा सम्पन्न भएको सुनछहरी गाउँपालिका–४ स्युरीका वडा अध्यक्ष हर्कराम बुढामगरले बताउनुभयो । उहाँका अनुसार स्युरीका विभिन्न बस्तीहरूमा पुस्तौँदेखिको खानेपानीको समस्या समाधान गर्न कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालसँग साझेदारी गरी स्युरी खानेपानी आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालको १ करोड ३५ लाख ६८ हजार ४ सय ७ रुपैयाँ र स्थानीयको १६ लाख १० हजार बराबरको जनश्रमदान गरी कुल १ करोड ५१ लाख ७८ हजार ४ सय ७ रुपियाँ लगानीमा आयोजना सम्पन्न भएको कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालका प्रोजेक्ट म्यानेजर बालचन राणामगरले भन्नुभयो । स्युरी खानेपानी योजना कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजका डाइरेक्टर कर्नेल एन्ड मिल्स र सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुनमगरले २०८२ वैशाख २७ गते संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । स्युरी खानेपानी आयोजनाबाट १ हजार ९४ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।
चल्यो बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस
लुम्बिनी गुरुयोजनाको करिब ३० प्रतिशत काम बाँकी रहँदा बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस थालिएको छ । लुम्बिनी विकास कोषका अधिकारीहरू अब पुरानो गुरुयोजनाले मात्र समग्र लुम्बिनीको विकास नहुने भएकाले बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने गरी तयारी भइरहेको बताउँछन् ।
अनौठो मन्दिर, छैन संरक्षण
बर्दिया जिल्लाको राजापुर नगरपालिका–७ मा पर्ने शङ्करपुरगाउँमा एउटा अनौठो मन्दिर छ । एक सय वर्षभन्दा पुरानो पिपलको कापमा भएको दुर्लभ प्राचीन शिवमन्दिर संरक्षणको पर्खाइमा छ ।
बुद्ध जन्मभूमि लुम्बिनीे गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनुभएको छ ।
लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम
भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।
पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान
यहाँका पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्दै गएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन उनीहरुले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई उच्च प्राथमिकता दिएका छन् ।
स्वर्गीय नेपालको साहित्यमाथि चर्चा
नेपाली साहित्यको विकासमा स्वर्गीय प्रदीप नेपालको भूमिका महत्वपूर्ण रहेको बुटवलमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । साहित्यमा सञ्जय थापाका नामले चर्चित प्रदीप नेपाल राजनीतिभन्दा साहित्य क्षेत्रमा बढी सफल रहेको समेत चर्चा गरियो ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका भुवाचिदीका यमप्रसाद शर्माको छोरा १७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गोरखापत्र संस्थानको आधुनिकीकरण गर्नुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
झिलिमिली मायादेवी मन्दिर
बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर ।
धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो।
जनतामा माओवादीप्रति आकषर्ण बढेको छ : सचिव खनाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) केन्द्रका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘वलदेव’ ले जनतामा माओवादी केन्द्र प्रतिको आकषर्ण बढ्दै गएको बताउनुभएको छ।
माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आउनुभएको छ ।
बाइस हजार हेक्टरमा सिँचाइ सुविधा
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो ।
बन्यो तटबन्ध, हट्यो त्रास
२०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले दुम्नाटोलको ढिस्को भत्काएर गाउँमै पस्यो । बाढी गाउँमा पस्दा तुलसीपुर उपमहानगरपालिका–१३, बखरियाका ६४ घर विस्थापित भए ।
दही र महीको माग बढ्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ ।
रुरुक्षेत्रमा ‘शालिग्राम महोत्सव’
प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्रधाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
नौमती र पन्चैबाजा सिक्दै महिला
भनिन्छ पढ्न र सिक्नलाई उमेरले छेक्दैन । जाँगर र जोस भए आँटेको जस्तो पनि काम गर्न सकिन्छ । बाँके खजुरा–२, सैनिकका मगर समुदायका ३० वर्षदेखि ६० वर्षसम्मका महिला यतिबेला गाउँमा नौमती र पन्चैबाजा सिकेर यसको संरक्षणसहित व्यावसायिकतातर्फ उन्मुख हुन थालेका छन् । लायन्स क्लबको आर्थिक सहयोगमा उनीहरूले पन्चैबाजा सिकेर व्यावसायिक रूप दिन थालेका हुन् ।
भैरहवा सेजबाट सतहत्तर करोडको निर्यात
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) बाट चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै झन्डै ७७ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सेजमा स्थापना भएका उद्योगले उत्पादन बढाएसँगै निर्यातमा पनि उल्लेख्य प्रगति भएको हो ।