'सामुहिक लगानीबाट नै समृद्धि हासिल'
सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ ।
एम्स अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने
म्याराथन तथा रोडरेसको विश्वव्यापी सन्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स) अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण गर्नु हुने भएको छ ।
महिला समूहका सदस्यलाई बाख्रा उपहार
ऐरावती गाउँपालिका –२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ ।
वार्षिक साढे चार अर्ब रुपियाँको पशुजन्य उत्पादन
गुल्मीमा वार्षिक साढे चार अर्ब रुपियाँ बढीको पशुजन्य उत्पादन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार मासु, दुध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजार रुपियाँ बराबरको पशुजन्य उत्पादन हुने गरेको हो ।
बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न
बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइगर्ने उद्देश्यले सुरु गरिएको बबई सिँचाइआयोजनाले झण्डै ७६.५ प्रतिशत काम सम्पन्न गरेको छ ।
भेटियो अर्घसहितको शिवलिङ्ग
कपिलवस्तुको निग्लिहवामा पोखरीको माटो निकाल्ने क्रममा अर्घसहितको मध्यकालीन शिवलिङ्ग फेला परेको छ । कपिलवस्तु नगरपालिका–९ स्थित निग्लिहवागाउँको उत्तरतर्फ रहेको एक पुरानो पोखरीबाट माटो निकाल्ने व्रmममा ऐतिहासिक तथा धार्मिक महìवको उक्त शिवलिङ्ग फेला परेको हो । स्थानीय वीरेन्द्रकुमार उपाध्यायले पोखरीबाट
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
एक महिनामा बाइस ठाउँ आगलागी
बाँके जिल्ला आगलागीको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर र नरैनापुरमा सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् ।
बढ्दै सिकलसेल एनिमियाका बिरामी
दाङमा सिकलसेल एनिमियाका बिरामी बढ्दै गएका छन् । परीक्षण र स्व्रिmनिङको दायरा विस्तार हुँदै जाँदा बिरामीको पहिचान हुने व्रmम बढ्दै गएको हो ।
धेरै प्रतिकुलताकाबिच देश बन्दैछ : नेता ज्ञवाली
नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताउनुभएको छ।
आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु
जिल्लाको कपिलवस्तु नगरपालिकामा आठौं नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्नुभएको हो ।
घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा
धुर्कोट गाउँपालिकाले गाउँ–गाउँमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट एक हजार ६९ जनाले सेवा पाएका छन् ।
मस्तिष्कघात बिरामीका लागि नेपालगन्जमा विशिष्टिकृत उपचार सेवा सुरु
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।
नेपालगन्जमा प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा सुरु भएको छ ।
लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
भैरहवामा प्रथम माननीय कप हुँदै
रुपन्देहीको भैरहवामा क्षेत्र नम्बर ३ (१) अन्तर्गत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । क्षेत्रअन्तर्गत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरी २० टीमबिच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
आँप टिप्न गएकी बालिकाको मृत्यु
कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ । आँधी हुरी आएको बेला बगैँचामा आँप टिप्न गएको बेलामा रुखले च्यापेर मृत्यु भएको हो ।
रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर
पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा –७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
गुल्मीमा चैत र वैशाखमा ५६ आगलागी : ८६ लाखको भौतिक क्षति
गुल्मीमा चैत र वैशाख महिनामा मात्रै ५६ वटा आगलागीका घटना भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक तथ्याङ्क अनुसार चैतमा ४० र वैशाखमा १६ आगलागीका घटना भएका छन् ।
बाँकेबाट १५५ जना हजयात्राका लागि साउदी जाँदै
बाँके जिल्लाबाट यस वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना मुस्लिम धर्मावलम्बी जाने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रयाप्त धन सम्पत्ति हुने मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो ।
जबरजस्ती करणीको घटनामा तीन जना पक्राउ
गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । शुक्रबार मासिक पत्रकार भेटघाटका क्रममा वैशाख महिनाभर भएका जबरजस्ती करणीका घटनामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
पाल्पाका स्थानीय तहको बेरुजु २० करोड ३८ लाख
पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।
ललितपुरका प्रमुख महर्जनद्वारा गुल्मीको मालिका मन्दिर उद्घाटन
गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ ।