आठ वर्ष भयो, बनेन भत्केको पुल
बारबर्दिया नगरपालिका–११, जब्दी गाउँका ५८ वर्षीय भग्गु थारू आफ्नो घरअगाडिबाट यातायात सञ्चालन हुने भएपछि निकै खुसी हुनुभएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन ।
स्वास्थ्यजन्य फोहोरको सङ्क्रमण, सरसफाइकर्मी निकै जोखिममा
नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् ।
नमुना थारूग्राम अलपत्र
सानो सानो एकैनासका घर लहरै एउटै लाइनमा छन् । खरले छाएको तर छाना कुहिएर पानी चुहिने भएको छ । माटाको भित्ताले बेरिएको घरका भित्ता भ्वाङ परेका छन् । आँगन घाँस र झाडीले भरिएको छ ।
‘बजेटमा अधुरा योजनालाई प्राथमिकता’
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँ योजनाभन्दा अधुरा योजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।
खलङ्गा र आसपासको दृश्य
प्युठानको मल्लरानी गाउँपालिका-४ स्थित सदरमुकाम खलङ्गा र आसपासको दृश्य । प्युठानमा दुई वटा नगरपालिका भए पनि सदरमुकाम गाउँ पालिकामा पर्दछ।
सर्पको टोकाइबाट महिलाको मृत्यु
बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।
वास्तविक धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
दाउन्नेमा सडक एकतर्फी सुचारु
शुक्रबार रातिको अविरत वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ ।
थारू विवाहमा भित्रिँदै आधुनिकता
नेपालको चौथो ठुलो भाषिक समुदाय रहेको थारूको विवाह माघ र फागुनमा गर्ने प्रचलन थियो । तथापि विवाहका लागि आजकाल यही महिना हुनु पर्छ भन्ने छैन । थारू समुदायमा वैशाखमा पनि विवाहको बाजा घन्किन थालेको छ ।
छिल्लीकोटमा मालागेडीको बास्नै हरर
असोज कात्तिक महिना लागेपछि छिल्लीकोट गाउँ मालागेडीको बास्नाले मगमगाउन थाल्छ ।
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
गएरातीको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो । केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
बजेट खर्चमा सुधार
चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारले ४६ प्रतिशत बजेट खर्च गरेको छ ।
पन्चैबाजा संरक्षणमा आमा समूह
एक समय थियो, जतिबेला महिलाहरू चुलो र चौकोमा मात्रै सीमित थिए तर समयको परिवर्तनसँगै अहिले महिलाहरू चुलो र चौकोबाट माथि उठेर सिप आर्जनसँगै आयआर्जनमा जोडिँदै जान थालेका छन् । यसैको उदाहरण बनेको छ, गुल्मीदरबार गाउँपालिका–३, राजामा अवस्थित देवीस्थान महिला पन्चैबाजा आमा समूह ।
घुससहित मालपोत कार्यालयका तीनजना नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे
भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ गरेको थाहा पाएपछि स्थानीयले मल नियन्त्रणमा लिएर मलको बोरा काट्दै बाटोमा छरेका छन् ।
लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु
लुम्बिनी प्रदेश सभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।
नागनगेनी भीर छिचोलेर वस्तीमा पुग्यो सडक
प्यूठानको एक दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्षदेखिको सपना साकार भएको छ। नौबहिनी गाउँपालिका–७ को मैरामारेदेखि प्यूठान नगरपालिका–५ को जुम्रीकाँडासम्मको सडकखण्डमा ट्रयाक खुलेपछि स्थानीय हर्षित भएका छन्।
मालपोतका कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत एक कर्मचारीलाई २० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।
बाँकेमा सवारी मजदुरको आँखा परीक्षण
बाँकेको कोहलपुरमा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सवारी मजदुरको आँखा परीक्षण गरिएको छ।
वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।
ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाही
कपिलवस्तुमा ट्राफिक नियम पालनामा सुधार ल्याउन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षाकर्मी र सर्वसाधारणबिचको सहकार्यमा नयाँ अभ्यास सुरु गरिएको छ ।
गाउँपालिकाबिच भगिनी सम्बन्ध
बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।
पाँच वर्षमा त्रिसट्ठी जनाको मृत्यु
गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ मा मामाघर आएकी नौ वर्षीय बालिका मेलिना खड्काको सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणमा परी मृत्यु भयो ।
अपाङ्गता भएकालाई भारतमा लगेर कृत्रिम अङ्ग
कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ ।