सैनामैना गोल्डकप : मुर्गिया एफसीको विजयी सुरुवात
प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । मुर्गिया मैदानमा सोमबार भएको उद्घाटन खेलमा आयोजक मुर्गियाले गोर्खा ब्वाइज बुटवललाई १–० गोलले हरायो ।
हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा
हिउँ कसैका लागि रहर छ भने कसैका लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूका लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक/दुई पटक अनिवार्य हिउँ परेकै हुन्छ ।
कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनेगरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
लुम्बिनी कप सर्यो, वैशाखमा हुने
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सरेको छ ।
निस्दी खोलामा मोटरेबल पुल शिलान्यास
पाल्पाको निस्दी गाउँपालिका–५, स्थित निस्दी खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।
कुसुण्डाको भाषा संरक्षण गर्नु राज्यको दायित्व हो : सांसद थापा
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राष्ट्रिय सम्पत्तिको रूपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
गुठीपीडित किसानको माग सम्बोधन गर्न आग्रह
थारू कल्याणकारिणी सभा (थाकस) दाङले स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दवावको कार्यक्रम गर्दैआएको छ ।
भैरहवा कारागार स्थानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गर्नुभएको छ ।
गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ ।
बुवाको कुटाइबाट छाेराको मृत्यु
पाल्पामा बुवाकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ: विश्वकर्मा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बत्ताउनुभएको छ । उहाँले काँग्रेसको विधान र संविधान अनुसार नै अबको २०-२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताउनुभयो ।
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीय रिम बहादुर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुसुन्डा समुदायद्वारा एकीकृत बस्ती माग
लोपोन्मुख कुसुन्डा समुदायले आफ्नो भाषा, कला, संस्कृति र धर्म जोगाउनका लागि एकीकृत बस्तीको माग गरेका छन् ।
गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन
काठमाडौँ, फागुन १९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
हिमपातले यात्रुलाई सास्ती
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा हिमपातका कारण यात्रुलाई आवागमनमा सास्ती भएको छ । कतिपय यात्रु हिमपातमा रमाउँदै यात्रा गरेका छन् भने कतिपयलाई सास्ती खेप्नु परिरहेको छ ।
प्रहरीलाई प्रविधिमैत्री बनाए मात्र अपराध नियन्त्रण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।
सुशील र सुनिता चौधरीलाई थारू साहित्य पुरस्कार
बर्दियाको राजापुर नगरपालिका २ जोतपुरमा सम्पन्न भएको औँ थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु स्रष्टा सुशील चौधरीलाई ५० हजार रुपियाँको थारु साहित्य पुरस्कार र सुनिता चौधरीलाई २५ हजारको महिला ‘प्रतिभा’ शसक्तिकरण पुरस्कार प्रदान गरिएको छ।
मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु
एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ।
पाल्पा दरबारको ढोका निर्माण रोकियो
तानसेनको शित्तलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको छ ।
घोराहीमा नमुना आधुनिक भुह्यारथान निर्माण
परम्परागतदेखि थारू समुदायको धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकिएको भुह्यारथानलाई दाङको घोराहीमा नमुना तथा आधुनिक भुह्यारथानको रुपमा निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित गुलरिया पार्कमा देशकै नमुनाको रुपमा पक्की तथा आधुनिक भुह्यारथान निर्माण गरिएको हो ।
समयभित्रै महाधिवेशन गराउन जोड
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०८२ भित्रै पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को आयोजनामा भैरहवामा हुने कार्यक्रममा सहभागी हुन शनिबार भैरहवा आइपुग्नुभएका नेता कोइरालाले गौतम बुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सङ्कटबाट बचाउन सहकार्य आवश्यक
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार २०८४ सालसम्मै रहने बताउनुभएको छ ।
कारबाहीको पत्रपछि पुल निर्माण तीव्र
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ ।