राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ ।
गुल्मीमा शिक्षक पाउनै मुस्किल
गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल भएको छ । धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षक सङ्घीय अनुदानका लागि चौथो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको गाउँपालिकाले जनाएको छ ।
स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु
जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीय बालिकाको मृत्यु भएको हो ।
बाँकेको नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण
बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर तीनमा वर्षौदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।
देखासिकीको विकास, गाडी गुड्ने ठाउँमा बत्ती
यहाँका स्थानीय तहमा पछिल्ला दिनमा सडकको बिच भागमै ‘हाइमास्ट’ बत्ती जडान गर्ने काममा प्रतिस्पर्धा जस्तै देखिएको छ ।
शल्यक्रियाका लागि पालो कुर्नु नपर्ने
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि सर्जरीको पालो कुरिरहेका बिरामीका लागि असार १ गतेदेखि विशेष सर्जरी सेवा सुरु हुने भएको छ ।
वन्यजन्तु उद्धारमा समस्या
विभिन्न कारणले समस्यामा परेका वन्यजन्तु उद्धारका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । वन क्षेत्र बढ्दा बस्तीमा पसेकासँगै घाइते अवस्थामा भेटिएका वन्यजन्तुको उद्धारका लागि सामग्री नहुँदा दाङ जिल्लामा बेला बेला समस्या हुने गरेको हो ।
अलपत्र नमुना बस्ती
संरक्षणको अभावमा विपन्न परिवारका लागि दाङको बगलाचुली गाउँपालिका–८, हाँसीपुरमा निर्माण गरिएका नमुना बस्तीका घर जीर्ण बन्न थालेका छन् । प्रतिघर १० लाख रुपियाँका दरले करिब ६० लाख रुपियाँ खर्च गरेर सात वर्षअघि निर्माण गरिएका घर प्रयोग नै नगरेर जीर्ण बन्न थालेका हुन् ।
छत्रकोटले दीर्घरोगीलाई मासिक एक हजार भत्ता दिने
गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रुपमा एक हजार रुपियाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।
लुम्बिनी सरकारले निजामती सेवा नियमावली लोकसेवामा पठाइने
लुम्बिनी सरकारले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।
सीमावर्ती जिल्लाका प्रमुखद्वारा सहकार्य गर्ने प्रतिबद्धता
नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकका सहभागीले दुवै मुुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समृद्धि र विकासको जगमा आगामी वर्षको बजेट निर्माण गर्छौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएको छ ।
दाङमा सवारीसाधनको ठक्करबाट हुँडारको मृत्यु
दाङमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावर हुँडारको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा दुर्लभ वन्यजन्तु भाले हुँडारको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
नेपाल वायुसेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ ।
बुद्धको अवधारणा कार्यान्वयन जरुरी
प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुईदिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न भएको छ ।
सत्तरी हजार परिवारको स्वास्थ्य प्रोफाइल तयार
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ ।
शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो ।
दुई नगरपालिका जोड्ने निर्माणाधीन पक्की पुल
बर्दियाको मधुवन नगपालिका र बार बर्दिया नगरपालिका जोडने बबई नदीमा पक्कीपुल निर्माणले दुई पालिकाका स्थानीयलाई खुसी थपिदिएको छ ।
रिमिघा लेकमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला
पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बाजस्तो देखिने जडीबुटी फेला परेको छ । स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको बताएका छन् ।
अवकाश प्राप्त हेडसरको पौरख
७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो ।
गोरखापत्रकर्मी खानसहित चार जना पत्रकार सम्मानित
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका चारजना पत्रकार भारतमा सम्मानित हुनुभएको छ ।
परिवारै सिध्याएको पाँच पहिरो
मालिका गाउँपालिका–६, अर्जेका भेषबहादुर विकसहित उहाँका श्रीमती, बुहारी र दुई नातिनीको त्यो रातको निद्रा नै चिर निद्रा भयो । गत वर्ष असार १५ गते राति निदाएका उनीहरू कोही पनि ब्युँझिएनन् ।
खानेपानी ट्याङ्की निर्माण, मिटर जडान ढिला हुँदा समस्यामा उपभोक्ता
दाङको बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा चार वर्षअघि निर्माण भएको खानेपानी योजना विद्युत मिटर जडान ढिला हुँदा सञ्चालनमा आउन सकेको छैन ।
तुलसीपुरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
दाङ जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।