रिडी–तम्घास सडक कालोपत्र गरिँदै
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
झिमरुक गाउँपालिकामा खानेपानीको गुणस्तर नमुना परीक्षण
झिमरुक गाउँपालिकाले पालिकाभित्र रहेका खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरेको छ । पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परीक्षण गरिएको हो ।
मासियो डेढ सय वर्ष पूरानो इन्द्र पौवा
इन्द्रविर पौवा । ठ्याक्कै बनेको मिति रेकर्डमा छैन । तर धागिथुमका इन्द्रवीर थापाले बनाउनुभएको थियो । उहाँका सन्तान अझै छन् । इन्द्रवीरका नाति ८१ वर्षीय तिलबहादुर थापाका अनुसार पौवा र पोखरीसँगै थिए । इन्द्रविर थापाले बनाएको भएर सबैले इन्द्रपौवा भने ।
नेपालगन्जमा धुमधामले मनायो बकर इद
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ ।
बकर इद बाँकेमा धुमधामका साथ मनाइँदै
इस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
मदानेलाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री घोषणा
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदाने वासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा गर्नुभएको हो ।
परोपकार कुञ्ज धामको शिलान्यास
बुटवल उपमहानगरपालिका– १५ सेमलारस्थित परोपकार कुञ्ज धाममा भौतिक संरचनाको काम थालिएका छ ।
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो ।
‘विपत् पूर्वतयारीमा जुटौँ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपत्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
साढे तीन सय परिवारलाई लालपुर्जा
बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिका–३ मा बर्सौंदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।
‘विविधतामा एकता’ नेपाली समाजको मौलिक विशेषता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
असारे खेतीलाई सिँचाइ गर्न कुलो बनाउन व्यस्त किसान
खेतीको सिजन आउन थालेपछि खेतसम्म सिचाई पुर्याउनको लागि गाउँ गाउँबाट किसानहरू झरालीमा उठेका छन् । दाङका किसानहरु घरघरबाट हातमा कोदाली, फरुवा बोकेर यति बेला झरालीमा उठेका हुन ।
डुबेर एक किशोरीको मृत्यु, दिदीभाइ बेपत्ता
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुली भेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
गर्मी बढेपछि नेपालगन्जका विद्यालय एक साता बन्द
तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
जलवायु परिवर्तनविरुद्धको एक्येबद्धता अभियान सुरु
विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कालिकोटमा जलवायु परिवर्तन विरुद्धको एक्येबद्धता अभियान औपचारिक रुपमा सुरु गरिएको छ ।
छोराले गरे बाबु र छिमेकीको हत्या
नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।
बन्द हुँदै जडिबुटी प्रशोधन केन्द्र
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडिबुटी प्रशोधन केन्द्रहरु अलपत्र परेका छन् । निकुञ्ज र जैविक मार्ग क्षेत्रमा उत्पादन भएको जडिबुटी प्रशोधन गर्न स्थापना गरिएका प्रशोधन केन्द्रहरू प्रयोग नभएर जीर्ण बनेका हुन् ।
बजेटको मुखमा मालिकामा विवाद चुलिँदै
बजेट बनाउने चटारोका बेला गुल्मीको मालिका गाउँपालिका आन्तरिक विवादमा फस्दै गएको छ । गाउँपालिकाका विभिन्न सेवा क्षेत्रमा कार्यरत करारका कर्मचारी हटाउने निर्णयमा कार्यपालिकामा एक मत नहुँदा डेढ महिनादेखि गाउँपालिका विवादमा फसिरहेको छ ।
जडीबुटी प्रशोधन केन्द्र बन्द
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडीबुटी प्रशोधन केन्द्र अलपत्र परेका छन् ।
बढ्यो नदीजन्य पदार्थको अवैध दोहन
रुपन्देहीका नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन एवं चोरीनिकासी भएको छ । बुटवल, सैनामैना, देवदह, सियारी शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चनलगायतका स्थानीय पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् ।
वैदेशिक रोजगारीमा गएका व्यक्ति समस्यामा
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका बाँकेका १०३ नागरिक समस्यामा रहेका पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १०३ जना व्यक्तिले विभिन्न समस्यामा परेर निवेदन दर्ता गराएका छन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो ।
लुम्बिनीमा तीन वर्षमै दस अर्ब राजस्व सङ्कलनको प्रक्षेपण
लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र दस अर्ब रुपियाँ पुर्याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपालमा भेटियो सिस्याउने चरा
नेपालमा दोस्रो पटक सिस्याउने चरा भेटिएको छ । करिब दस वर्ष अघि भेटिएको सिस्याउने चरा रूपन्देही जिल्लाको लुम्बिनीकार स्टेसन नजिकै भेटिएको हो ।