• २४ जेठ २०८२, शनिबार

जलवायु परिवर्तनविरुद्धको एक्येबद्धता अभियान सुरु

blog

जलवायु परिवर्तनविरुद्धको एक्येवध्यता अभियानको शुभारम्भ कार्यक्रमका सहभागि । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कालिकोटमा जलवायु परिवर्तन विरुद्धको एक्येबद्धता अभियान औपचारिक रुपमा सुरु गरिएको छ । 

सो अभियानको शुभारम्भ र अभियानमा सहभागि दुबै जिल्लाका ५० जना किशोरीहरुलाई क्षमता अभिवृद्धि तालिम बर्दियाको मधुवन नगरपालिकाको पत्थरभौजीमा गरिएको मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बताउनुभयो । 

उहाँले युवामा जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने उद्येश्यले सो अभियान सञ्चालन गरिएको बताउनुभयो । 

प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र युवा संस्थासँगको समन्वयमा सो अभियानको शुभारम्भ र क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमले बताउनुभयो । उहाँले अभियानले स्थानीय तह, समुदाय र नागरिक समाजमा युवाको सक्रिय सहभागिता प्रोत्साहित गरेको बताउनुभयो । 

कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनारा लगायतको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले जलवायु परिवर्तन विरुद्धको एकेवध्यताले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न समुदायलाई तयार पार्ने बताउनुभयो । 

बर्दिया र कालिकोटका ५० जना किशोरीहरुको सहभागिता रहेको सो कार्यक्रममा उहाँहरूले जलवायु परिवर्तनले पारेका प्रभावहरू कथा, कविता र चित्रमार्फत सजीव रूपमा प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो । 

कार्यक्रमको सहजीकरण युवा संस्थाकी उपाध्यक्ष निर्जला रिजाल र अभियानका संयोजक सुरुचि शाहीले संयुक्त रूपमा गर्नुभएको थियो ।