• १३ पुस २०८२, आइतबार

सफलताको मार्गचित्र

blog

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचनलक्षित छलफलमा सहभागी भएपछि बाहिर निस्केर एमालेका एक नेताले भन्नुभयो, “प्रधानमन्त्रीले आज बोलाएका बैठकले नै संसद् पुनस्र्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टि गरेको छ ।” त्यसो त छलफलमा सहभागी अधिकांश दलले जसरी पनि फागुन २१ मा निर्वाचन हुनु पर्छ भन्नेमा जोड दिएको पाइयो । निर्वाचनप्रति प्रत्यक्ष रूपमा कोही विरोधी नभए पनि निर्वाचन हुने वा नहुनेमा भने कतिपय दलभित्र कतै न कतै अलमल देखिएको छ ।

सरकारले एकसूत्रीय रूपमा फागुन २१ मा निर्वाचन भनिरहेको छ । समयको सीमितता, शान्तिसुरक्षा र दलहरूबिच निर्वाचनका विषयमा मतैक्यता हुन नसक्नुले निर्वाचन फागुनमा हुँदैन कि भन्ने आशङ्का पनि बाँकी नै छ । राजनीतिक मैदानमा आशङ्का रहन्छ नै, त्यसलाई अन्यथा मान्नु पनि पर्दैन तर आशङ्काका बिच पनि चुनाव हुनु पर्छ, त्यसलाई पनि अन्यथा मानिनु हुँदैन । 

हुन त सरकारका केही मन्त्रीमा सरकारको आयु अलिक समय लम्बिए आफ्नो पदावधि पनि लम्बिने आशा पनि हुँदो हो तर लम्ब्याउनुमा जोखिम पनि त त्यत्तिकै छ । यो सरकारको समयावधिमा कुनै घटना, दुर्घटना वा परिघटना भइहाल्यो भने सरकार आलोच्य हुन सक्छ । त्यसैले पनि प्रधानमन्त्रीको फागुनमै निर्वाचन गरेर सत्ता हस्तान्तरण गरी सफल प्रधानमन्त्रीका रूपमा इतिहासमा आफ्नो नाम लेखाउने चाहना हुन सक्छ । यस कारण पनि प्रधानमन्त्री एकसूत्रीय रूपमा तोकिएको मितिमै निर्वाचन भनिरहनुभएको छ, जसलाई कतिपय जेनजी समूहले विरोध पनि गरेका छन् । तथापि पछिल्लो समय बालेनको सव्रिmयतासँग चुनावी माहौल अझ तातेको र जेन्जीका स्वर पनि एकमत हुन खोजेको देखिन्छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको उम्मेदवारको लिस्ट बुझाउने मितिसँगै निर्वाचन अर्को खुड्किलोमा प्रवेश गरेको छ ।

राष्ट्रपतिको पनि निर्वाचनमा नै जोड देखिन्छ । सरकार र ठुला दलबिच संवाद गराउन राष्ट्रपति आफैँ अग्रसर हुनुले निर्वाचनमा राष्ट्रपतिको प्राथमिक चासो बुझिन्छ । संसद्बाट नबनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति आफैँले जोखिम मोलेर संसद् विघटन गरेकाले पनि छिटो निर्वाचन भइदिए राष्ट्रपतिले असंवैधानिक कदम चालेको भनी विभिन्न कोणबाट आउने गरेका टीकाटिप्पणी र दोषबाट मुक्ति पाइने र राजनीति पनि सही लिगमा पुग्ने राष्ट्रपतिको चाहना हुन सक्छ । 

निर्वाचन भएन भने 

निर्वाचन फागुन २१ मै हुनु पर्छ तर कथंकदाचित फागुन २१ मा निर्वाचन भएन भने प्रतिनिधि सभा पुनस्र्थापनालाई बल पुग्छ । नेकपा एमालेलगायतका राजनीतिक दल जो संसद् पुनस्र्थापनाको पक्षमा छन् । उनीहरू फागुन २१ मा निर्वाचन हुनै नसक्ने ठोकुवा किन पनि गर्दै छन् भने फागुन २१ को निर्वाचनलाई पछि धकेल्न सकियो भने त्यसले संसद् पुनस्र्थापनाका लागि अदालतलाई बल पुग्छ । नेपाली कांग्रेसको एउटा कित्ता पनि पुनस्र्थापनाको पक्षमा उभिनुले सरकारलाई समयमै निर्वाचन गर्न अझ बढी दबाब परेको देखिन्छ । अदालतले प्रतिनिधि सभाको पुनस्र्थापना गरिदियो भने आफूले उठाएको पुनस्र्थापनाको एजेन्डा स्थापित हुन्छ । जेनजी आन्दोलनले उठाएको एजेन्डा चाहिँ विस्थापित हुन्छ भन्नेमा एमालेको जोडबल देखिन्छ । 

हुन त एमालेको यो चाल सरकारले पनि नबुझेको छैन । प्रधानमन्त्रीको एकसूत्रीय जोड निर्वाचनमा छ । एमालेसँग कांग्रेस पनि मिसिएको र जेनजीका केही समूह पनि जानीनजानी पुरानो संसद् पुनस्र्थापना गरी संविधान संशोधनको कुरा गर्न थालेकाले पनि पुनस्र्थापनाको पक्षमा बहस बढेको छ । यस्तो बहसका बिचमा निर्वाचन फागुनबाट उता सार्नु हुँदैन । सार्ने नै भए पनि सर्वदलीय सहमतिमा सार्नु पर्छ । एकपक्षीय रूपमा निर्वाचन मिति सारियो भने त्यो घातक हुन सक्छ । 

फागुन २१ मा निर्वाचन नचाहने शक्ति पनि बलियो छ । यति बेला कोही पनि निर्वाचन सारौँ भनेर बोल्न भने तयार छैन, बरु एमालेलगायतका केही दलको चुनावको वातावरण बनेन भन्ने एकोहोरो बाँसुरी बजाई छ । निर्वाचन सरोस् भन्ने भित्री मनसुवा धेरैको भए पनि अगाडि बोलेर निर्वाचन सारेको अपजसको भारी बोक्न कोही पनि तयार छैन । स्मरणीय रहोस्– निर्वाचन स¥यो भने अन्योलता बढ्छ । तोकिएको समयमा निर्वाचन भएन भने अवस्था झनै बिथोलिन्छ । निर्वाचन सार्दा पुनस्र्थापनालाई बल पुग्न सक्छ । निर्वाचन सार्नु कुनै मानेमा पनि उपयुक्त छैन । फागुन २१ मा निर्वाचन हुनै पर्छ । अब पछाडि फर्कनु विकल्प हुन सक्दैन ।

पुनस्र्थापना भयो भने 

निर्वाचन समयमा भएन भने पुनस्र्थापना एउटा विकल्प हुन सक्छ । त्यो पुनस्र्थापनाले जेनजी आन्दोलनको मर्म र भावनालाई कसरी लिन्छ भन्ने महìवपूर्ण हुन्छ । पुनस्र्थापित संसद्ले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गरी संविधानमा आवश्यक संशोधन गर्ने, शासकीय सुधारदेखि सुशासन र भ्रष्टाचारको नियन्त्रणका सवालमा प्रभावकारी कदम चाल्न आवश्यक कानुन बनाउन सके राम्रै हुन्छ । पुनस्र्थापित संसद्ले जेनजी आन्दोलनलाई औचित्यहीन ठान्दै उही विगतका शृङ्खला दोहो¥याए समस्या ज्युँका त्युँ हुन्छ । अहिले पुनस्र्थापनाका पक्षमा रहेका दलहरूले भोलि जेनजी आन्दोलनको एजेन्डा संसद्मा प्रवेश नगराउने खतरा पनि त्यत्तिकै छ । यसतर्फ सचेतता आवश्यक छ । परिवर्तनको निकै पर पुगिसकेको एजेन्डालाई फेरि पछाडि धकेल्दा परिणाम फलदायी हुँदैन ।

उत्तम विकल्प 

राजनीतिमा थुप्रै विकल्प हुन्छन् । सधैँ विकल्पमध्येको उत्तम विकल्प खोज्नु पर्छ, रोज्नु पर्छ । यति बेलाको उत्तम विकल्प फागुन २१ को निर्वाचन नै हो । जेनजी आन्दोलनले पुरानो संसद्लाई अस्वीकार गरेको अवस्थामा सहज निकास नयाँ निर्वाचनले मात्र दिन सक्छ । निर्वाचनले नदिएको बाँकी निकास नयाँ बन्ने संसद्ले दिन सक्छ । नयाँ संसद्ले जति जेनजीको भावना समेट्छ पुनस्र्थापित संसद्ले नसमेट्न सक्छ । निर्वाचन गर्न सकिएन भने मात्र दोस्रो विकल्पमा जान सकिन्छ । उत्तम विकल्प हुँदाहुँदै त्यसलाई सदुपयोग नगरेर दोस्रो विकल्पमा नजानु नै वेश हुन्छ । जहाँसम्म निर्वाचन सार्न सकिने कुरा छ, प्रधानमन्त्रीको भाषामा नै भन्ने हो भने अहिले नै प्रधानमन्त्रीमाथि सरकार छोड्न चौतर्फी दबाब बढेको अवस्थामा छ, त्यो दबाब झन् बढ्ने छ र सरकारलाई झनै अप्ठ्यारो पार्ने परिस्थिति सिर्जना हुन सक्छ ।

अबको बाटो के 

प्रतिनिधि सभा विघटन भइसकेको सन्दर्भमा अब अगाडिको बाटो भनेको एकसूत्रीय निर्वाचनलाई एजेन्डा बनाएर अगाडि बढ्ने हो । सबै जेनजी समूहले निर्वाचनप्रति एक मत बनाउने हो । निर्वाचनलाई सबैले अर्जुनदृष्टि लगाउनु आवश्यक छ । नयाँ भनिएका दल (शक्ति) शक्ति एकजुट हुँदा राम्रो हुन्छ । एक नहुँदा पनि आफूहरूमा देखिएको अलमल हटाउनु आवश्यक छ । पुराना भनिएका शक्तिले आफ्ना विगतका कमीकमजोरीप्रति आत्मालोचना गर्दै आफूले गरेका कामको फेहरिस्त बोकेर जनताको दैलोमा पुग्नु नै उपयुक्त हुन्छ ।

नयाँ शक्तिले शब्दमा नयाँ दाबी गर्ने तर व्यवहार चाहिँ पुरानै दोहो¥याउने काम गर्ने हो भने फेरि विगतकै नियति दोहोरिने सम्भावना भएकाले नयाँ शक्ति सतर्क हुनु जरुरी छ । भोलिको निकासको सन्दर्भमा विभिन्न शक्तिबिच दीर्घकालनीन महìवका सम्झौता गर्नुपर्ने भए सर्वदलीय सर्वपक्षीय सहमति गर्दा उपयुक्त हुन्छ, अन्यथा भोलि बन्ने संसद्ले आज गरिएका सम्झौताको अपनत्व नलिन सक्छ । सम्झौता सर्वदलीय होस्, जो निर्वाचनमा भाग लिन तयार भएर बसेका दल छन् । त्यसको साक्षी नागरिक समाज र जेनजी अभियन्ता बसून् ।

निषेधको राजनीतिले विध्वंस निम्त्याउँछ । पुराना भनिएका राजनीतिक दललाई सहमतिमा नल्याई चुनाव हुँदैन । नयाँ भनिएकालाई नकारेर पनि चुनावमा जान सकिँदैन । त्यसैले सबैलाई स्वीकार्य हुने बाटो समातियोस् । आपसी सहमति होस् । चुनावका लागि सर्वदलीय मात्र होइन सर्वपक्षीय सहमति सरकारले जुटाओस् । अनि मात्र सरकार सफल हुन्छ । आमनागरिकले यो सरकाले चुनाव गराओस् र सफल होओस् भन्ने चाहेका छन् ।