एक महिनामै भासियो सडक
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ स्थित पाताभारदेखि टिकुलीगढ जोड्ने सडक निर्माण भएको एक महिना नबित्दै भासिएको छ । प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय बर्दियाको लगानीमा निर्माण भएको सडक बर्सात लाग्नुभन्दा अगावै भासिन सुरु भएको हो ।
कानुन छिटो निर्माण गर्न माग
रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले संविधानमा उल्लेख गरिएको साझा सूचीका विषयमा सङ्घ र प्रदेशबाट बन्नुपर्ने कानुन यथाशीघ्र निर्माण गर्न माग गरेका छन् ।
भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा जोड
गुल्मी पश्चिमका गाउँहरुमा चिटिक्कका विद्यालयहरु धमाधम बनिरहेका छन् । अहिलेसम्म सात पालिकामा २० विद्यालय बने । जुन विद्यालयहरुको संरचना, रङ र शिक्षा एउटै छ ।
छोरी पढाउ कार्यक्रम, निःशुल्क इन्जिनियरिङ पढ्दै
बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने छोरी पढाउ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरुले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङलाई
लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङ जिल्लाले जितेको छ । राष्ट्रपति रनिङ शिल्ड २०८१ को प्रदेशस्तरीय उपाधि दाङ जिल्लाले हासिल गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डी रङ्गशाला र अरनिको मैदानमा जेठ २३, २४ र २५ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।
पाल्पाको रिमिघामा यार्सागुम्बा भेटिएको पुष्टि
पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको पुष्टि भएको छ । केही दिनअघि स्थानीय बासिन्दाले सुन्तला रोप्न खनेको खल्डोमा यार्सागुम्बा जस्तो देखिने वनस्पति भेटिएको थियो ।
आगलागीका ५८१ घटना : दस करोडभन्दा बढीको क्षति
गुल्मीमा आगलागीका घटनाहरु वर्षेनि बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको तथ्याङ्क अनुसार यस जिल्लामा आगलागीका घटनाहरु बढ्दै गएको पाइएको हो ।
लयमा फर्कियो रेसुंगा क्याम्पस
आर्थिक सङ्कटकाल घोषण गरेको गुल्मीको रेसुंगा क्याम्पस लयमा आएको छ । आर्थिक अभावका कारण सङ्कटकाल घोषण गरेको क्याम्पस अहिले लयमा फर्किएको क्याम्पस सञ्चालक समितिले जानकारी गराएको हो ।
हर्मिचौर सडकले ल्याएको खुसी
निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको कालोपत्रे गर्ने काम भने कालिका कन्स्ट्रक्सनले सम्झौताभन्दा छ महिनाअगावै सम्पन्न गरेको छ ।
बाँकेका चार स्थानीय तहमा बिदा
बाँकेका चार स्थानीय तहले इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन्।
करेन्ट लागेर दुईको मृत्यु
बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारू हुनुहुन्छ।
बस दुर्घटनामा दुईको मृत्यु, ३२ जना घाइते
तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षिय नारायण भण्डारी र सोही ठाउँ निवासी ४२ वर्षिय शान्ता खड्का चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
दर्ता नगरी सञ्चालित क्लिनिक बन्द
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा दर्ता नगरी सञ्चालनमा रहेका आठ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरेको छ ।
सतासी वर्षमा मिल्यो लालपुर्जा
बुटवल उपमहानगरपालिका–१५, सेमलारकी मनरूपा भुसाल ८७ वर्ष पुग्नुभयो । जीवनको अन्तिम प्रहरसम्म पनि उहाँलाई आफूले बर्सौंदेखि जोतभोग गर्दै आएको घरबास जग्गाको लालपुर्जा हातमा पर्दैन कि भन्ने चिन्ता थियो ।
युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आय आर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
संस्कृत विश्वविद्यालयमा पाँच महिनापछि ताला खुल्यो
दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ ।
शान्ति र समृद्धिका लागि प्रार्थना
इस्लाम धर्मावालम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा शनिबारदेखि सुरु भएको छ । तीन दिनसम्म धुमधामका साथ मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ ।
‘हाम्रो पुरुषार्थ’ लोकार्पण
गुल्मीको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालयद्वारा प्रकाशित हाम्रो पुरुषार्थ को सम्पूर्णाङ्क १०५ भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क लोकार्पण गरिएको छ।
पर्यटन प्रवर्धनमा दुई पालिकाको सहकार्य
बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई पनि लोभ्याउने ठाउँ हो, बङ्गलाचुली पार्क । दाङको बङ्गलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने बङ्गलाचुली पार्क पछिल्लो समय सबैको रोजाइमा पर्ने गरेको छ ।
चिटिक्क परेको ऐतिहासिक इस्माकोत दरवार
वि.सं. १५५० सालमा स्थापना भएको तत्कालीन चौबिसी इस्मा राज्यको ऐतिहासिक इस्माकोत दरवार । जसलाई अहिले पुनरनिर्माण गरिएको छ । तस्बिरः टोपलाल अर्याल
पूर्व राज्यमन्त्री चौधरीको स्मृतिमा मनाइयो दिवस
नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।
६० लाख बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले बैंकिङ कसुर मुद्दामा ६० लाख रूपियाँभन्दा बढी जरिवाना तोकिएका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपालगन्ज-दिल्ली उडानका लागि सरकारलाई दबाब
नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दवाव समूह गठन गरिएको छ ।