जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल
गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ ।
स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित बिदाइ
लामो समयदेखि माातृशिशु स्याहारमा क्रियाशिल महिला स्वास्थ्य स्वयं सेविकाकालाई सम्मानसहित बिदाइ गरिएको छ ।
बाँकेमा नौ महिनामा ९८ वटा साइबर अपराधका उजुरी
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् ।
साहित्यकारद्वय शर्मा र ढकाल सम्मानित
धवल पुस्तकालयद्वारा स्थापित पुरस्कार साहित्यकारद्वय चोलेश्वर शर्मा र प्रा. डा. वेणीमाधव ढकाललाई प्रदान गरिएको छ ।
बाँकेका उद्योगी व्यवसायीद्वारा करको दर परिवर्तन गर्न माग
बाँकेका अधिकांश उद्योगी व्यवसायीहरूले भन्सार दर र करको दर परिवर्तन हुनुपर्ने माग राखेका छन् । केही दिनअघि राजश्व परामर्श समितिले जिल्लाका उद्योगी, व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै करका विषयमा सुझाव सङ्कलन गर्दा उनीहरूले सो सुझाव दिएको व्यवसायीको भनाइ छ ।
प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षति
सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् ।
अपहरणको आरोपमा पाँच जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।
डढेलोले जनजीवन प्रभावित
सुक्खा खडेरीका कारण पाल्पा जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत वर्षको ५० भन्दा बढी स्थानमा डढेलो लागेको थियो भने यो वर्ष बढेर ८० भन्दा बढी स्थानमा डढेलो लागिसकेको छ । डढेलो नियन्त्रणको प्रयास सफल हुन नसक्दा मानिस त्रसित बन्नु परेको छ भने एक महिनायता स्थानीयवासी, सुरक्षाकर्मीलगायत डढेलो निभाउन खटिएका छन् । लामो समयसम्म परेको खडेरी र हावाहुरीका कारण डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।