कैदीबन्दीले निर्माण गरेको फल्चा
तम्घासको बसपार्क नजिक रेसुङ्गा नगरपालिकाले निर्माण गरेको फल्चा जिल्लाको लागि नयाँ संरचना हो । काठमाडौँ उपत्यकामा देखिने फल्चामा गुल्मी कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरी निर्माण गरेको हो । डेढ सय वर्ष पुरानो इन्द्र पौवा जीर्ण भएपछि सोही ठाउँमा फल्चा निर्माण गरिएको छ ।
अठार वर्ष विदेश, अन्ततः स्वदेशमै कृषि
बाँकेको खजुरा गाउँपालिका–२ का ४२ वर्षीय रेसमप्रसाद चपाईले १८ वर्षसम्म विदेशमा पसिना बगाउनुभयो तर सोचे जस्तो सफलता नभएपछि स्वदेश फर्केर कृषिमा लाग्नुभयो । अहिले भैँसीपालनमार्फत गाउँमै आत्मनिर्भर बन्नुभएको छ ।
मूल्य नराखी जुत्ता चप्पल उत्पादन गर्ने कारखानालाई दुई लाख जरिवाना
अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी जुत्ता चप्पल उत्पादन गरी बजारमा बिक्री वितरण गरेको आरोपमा बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।
गर्मी बढेपछि कपिलवस्तुका तीन पालिकामा विद्यालय बन्द
बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले चार दिन मङ्गलबारदेखि शुक्रबार सम्म र कपिलवस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।
दाङका दस स्थानीय तहलाई पाँच अर्ब अनुदान
दाङका दस स्थानीय तहले संघीय सरकारबाट पाँच अर्ब बढी अनुदान प्राप्त गर्ने भएका छन् ।
तुलसीपुर पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा
तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गर्नुभएको हो ।
पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट
पश्चिम नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी भारतीय पर्यटकको सङ्ख्या बढाउने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सम्पन्न भएको छ ।
गुल्मीबाट १० महिनामा १० हजार १९१ जनाले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारीका लागि विदेश जाने सङ्ख्याका आधारमा लुम्बिनी प्रदेशको गुल्मी चौथो स्थानमा रहेको छ । आर्थिक वर्षको १० महिनामा गुल्मी जिल्लाबाट मात्रै १० हजार १९१ जनाले श्रम तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
बाँकेका आठ स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट
सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बाँकेका स्थानीय तहहरुको अनुदान बजेट बढेर आउने भएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा १६ करोड रुपियाँभन्दा बढी बजेट आउने भएको हो ।
सडक तीन किलोमिटर, समय नौ वर्ष
साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? धेरै समय लागे छ महिनादेखि वर्ष दिनमा सकिन्छ भन्ने धेरैको अनुमान हुन सक्छ तर यो अनुमानविपरीत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर लामो सडक नौ वर्ष हुँदा पनि अझै पूरा भएको छैन ।
मान्छे मरिरहने, मोही मुद्दा चलिरहने
भूमिसम्बन्धी ऐन लागु भएको पाँच दशकभन्दा बढी भइसक्दासमेत दाङको भूमिसुधार तथा मालपोत कार्यालयमा मोहीसम्बन्धी मुद्दा पुस्तौँदेखि चल्दै आएका छन् । साबिक गाविसमा भएको जग्गा बिक्री, मोही बाँडफाँट, हकदाबी जस्ता विषयलाई लिएर सुरु भएका यस्ता मुद्दा अहिले दोस्रो र तेस्रो पुस्तासम्म पुगेका छन् ।
सडक स्तरोन्नति गर्न माग
पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
डुडुवाले महासंघ बाँकेमा सभाहल निमार्ण गर्दै
डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको छ ।कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्तावअनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो ।
भूमे पर्वको अवसरमा विविध प्रतियोगिता हुने
भूमे गाउँपालिकाको आयोजनामा भूमे पर्वको अवसरमा विविध प्रतियोगिता आयोजना गरिएको छ । भूमे पर्व मगर समुदायको मुख्य चाड हो ।
सामुदायिक विद्यालयलाई १३ करोड अनुदान
कपिलवस्तुको विजयनगर गाउँपालिकाका ११ सामुदायिक विद्यालयले १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । गाउँपालिकाले विद्यालयमा टिनको छानामुक्त बनाउने घोषणा अनुसार सङ्घीय सरकारबाट प्रति विद्यालय न्यूनतम १ करोड अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला
रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।
मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम
मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालीम दिइएको हो।
गण्डक नहरको क्षमता विस्तार, ऊर्जा मन्त्रीद्वारा उद्घाटन
पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ ।
सडक स्तरोन्नतिको माग गर्दै स्थानीय धर्नामा
गाउँपालिका पहुँच मार्गको सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै पाल्पामा स्थानीय युवाले धर्ना दिएका छन् ।
तानसेन-११ का दलित महिलालाई हिलटेक र ग्रिननेट प्रदान
तानसेन नगरपालिका-११ का २० जना दलित महिलाहरूलाइ कृषि ज्ञान केन्द्र पाल्पाको आर्थिक सहयोगमा तानसेन वडा नं ११ ले कृषि तथा सिँचाइका लागि हिलटेक र ग्रिननेट (२ मिटर चौडाई ५० मिटर लम्बाइ भएको जाली ) वितरण गरेको छ ।
जम्लेपानी गढी किल्लाको मर्मत
दाङको बङ्गलाचुलीमा रहेको जम्लेपानी गढी किल्लाको मर्मत सम्भार गरिएको छ । बङ्गलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक जुम्लेपानी गढी किल्लाको सेनाको टोलीले मर्मत सम्भार गरेको हो ।
अल्पसङ्ख्यक, सिमान्तकृत, दलित र मुस्लिम समुदायको मानव अधिकार संरक्षणमा जोड
लोपोन्मुख विभिन्न जाती, समुदाय लगायत अल्पसङ्ख्यक, सिमान्तकृत, दलित, महिला, मधेशी र मुस्लिमको मानवअधिकारको संरक्षणमा विशेष जोड दिइएको छ ।
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै
विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा अवलोकन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।