बाँके १ र ३ मा समानुपातिकमा पनि रास्वपा पहिलो
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।
दाङमा समानुपातिकमा रास्वपा पहिलो र कांग्रेस दोस्रो
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङमा समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणनापछि सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार दाङमा एक लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बन्दा ४१ हजार बढी मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो बनेको छ ।
सरकारले देशको समस्या पहिचान गर्नुपर्छ : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अब बन्ने सरकारले देशको समस्या पहिचान गर्न जरुरी रहेको बताउनुभएको छ।
राप्ती स्वास्थ्य प्रतिष्ठानमा बिरामीको चाप बढ्दो
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानका अनुसार आइतबार र सोमबार दुई दिनमा मात्रै दुई हजार ९८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।
गुल्मीमा समानुपातिकतर्फ रास्वपा पहिलो
गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। जिल्लाका दुवै निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा घण्टी चुनाव चिन्ह भएको रास्वपा पहिलो बनेको हो।
गुल्मीमा ३७ उमेदवारको जमानत जफत
गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ ।
दाङमा ४.२८ प्रतिशत मत बदर
दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रमा खसेको कुल मतमध्ये ४.२८ प्रतिशत मत बदर भएको छ।
कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो
प्रतिनिधि सभा २०८२ को निर्वाचनमा कपिलवस्तुमा समानुपतिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख बढी मत पाएर पहिलो भएको छ । ३ वटै निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मत परिणाम अनुसार सबैभन्दा बढी मत पाउने दल रास्वपा बनेको हो ।
खोलामा डुबेर युवाको मृत्यु
गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा १ अरेवा बस्ने २१ वर्षीय दिपजन दर्लामीको बडीगाड खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रुकुमपश्चिममा समानुपातिकतर्फ नेकपालाई सबैभन्दा बढी मत
रुकुमपश्चिममा समानुपातिक निर्वाचनतर्फको मत गणना सम्पन्न भएको छ ।
खैरो हेरोइनसहित दुई युवा पक्राउ
जिल्लाको कृष्णनगर क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
खोलामा डुबेर एकको मृत्यु
गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
निकुञ्जमा खरखडाइका लागि २१ हजार स्थानीयवासी प्रवेश
बर्दिया राष्ट्रिय निकुञ्जले दुई दिनको लागि खरखडाइ सुरु गरेको छ । निकुञ्जमा खर, बाबियो नर्कट लगायतको चिजवस्तु काट्न स्थानीयहरू निकुञ्जभित्र पसेका छन् ।
सामाजिक अभियानबाट राजन गौतम संसद्सम्म
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।