• २६ जेठ २०८२, सोमबार

रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला

blog

रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा प्रहरीले फेला पारेको भरुवा बन्दुक । तस्बिर : जिल्ला प्रहरी रुकुमपूर्व ।

जयमान बुढामगर

रुकुमपूर्व, जेठ २६ गते । रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो । 

उक्त जङ्गलमा बन्दुक लुकाई–छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले खोजी कार्य गर्ने क्रममा बन्दुक फेला पारिएको जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो । 

बन्दुक कसले छाडेको खुल्न नसकेको प्रवक्ता विकले बताउनुभयो । यद्यपि जङ्गलमा अवैध रूपमा भेटिएको भरुवा बन्दुक र कसले लुकाएको भन्नेबारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।