विद्यालयमा किशोरीलाई आरामकक्ष
बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ ।
टिकटको तीन रुपियाँले मुटु अस्पताल
बुटवलमा हरेक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवबाट सुरु भएको सामाजिक पहलले साकार रूप लिँदा सामुदायिक मुटु तथा डायलासिस सेवा केन्द्र बनेको छ । २०४५ सालमा रुपन्देही उद्योग सङ्घले औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रदर्शनीबाट १५ वर्षअघि सङ्घले प्रवेश शुल्कको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने निर्णय ग¥यो । दर्शक प्रवेश शुल्कबाट प्रतिटिकट तीन रुपियाँ छुट्याएर मुटुरोग उपचारका लागि अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो ।
पर्यटक लोभ्याउन नदी थुनेर ताल
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थलमा रहेको रुरुधाम प्रसिद्ध धार्मिक क्षेत्र हो । कालीगण्डकी स्नान र ऋषिकेश मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकले दिन खाली हुँदैन । विशेष गरेर माघे सङ्क्रान्तिमा स्वदेशका विभिन्न ठाउँ र भारतबाट समेत रुरुधाममा धेरै धार्मिक पर्यटक आउने गर्छन् । रुरुधामलाई पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत अगाडि बढाइएको छ । देशमा मुख्य कालीगण्डकी र मदनभण्डारी राजमार्गलाई रुरुक्षेत्रले जोडेको छ ।
तिलौराकोटमा आउने न्यून पर्यटक मात्र सङ्ग्रहालयमा
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
कालिजपालनबाट आकर्षक आम्दानी
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क
रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्थ्याे।
'स्लो बाइक' प्रतियोगिताको उपाधि सुवेदीलाई
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालले नेपालगन्जमा आयोजित स्लो वाइक प्रतियोगिताको छैठौं संस्करणको उपाधि शिशिर सुबेदीले हात पार्नुभएको छ ।
सस्तोमा धान बिक्री गर्न बाध्य किसान
यस वर्ष बाँकेमा एक लाख ६० हजार मेट्रिकटन अर्थात १६ लाख क्विन्टल धान उत्पादन भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले केवल २० हजार क्विन्टल मात्र धान खरिद गरेको छ ।
जेनजी आन्दोलनपछि युवामा राजनीतिक चेतना जागेको छ
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका युवा पुस्तामा राजनीतिक चेतना जागेको जेनजी प्रतिनिधिहरूले बताएका छन् ।
निर्वाचन सफल बनाउनु सबैको दायित्व हो : आयुक्त तुलाधर
पश्चिम नेपालका तीनवटा प्रदेशका विभिन्न जिल्लाको निर्वाचन अधिकृतहरुका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम सोमवारदेखि नेपालगन्जमा सुरु भएको छ ।
पाल्हीनन्दन गाउँपालिकाद्वारा गाउँ-गाउँमा दाउरा वितरण
बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले स्थानीय बासिन्दाका लागि गाउँ–गाउँमा आगो ताप्न दाउरा वितरण गरेको छ
धुर्कोट राष्ट्रपति रनिङ्गशिल्डको उपाधि इन्दिराले जित्यो
गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजना गरिएको आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिताको उपाधि इन्दिरा माविले जितेको छ ।
राप्रपा गुल्मीको अध्यक्षमा चन्द
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।
थारू संस्कृतिको संरक्षण, संवर्धनका लागी पुस्तान्तरण आवश्यक :मन्त्री चौधरी
लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
विद्यार्थीको रोजाइमा पाटेबाघ
बर्दिया राष्ट्रिय निकुञ्ज सहज तरिकाले बाघ देख्न सकिने ठाउँका रूपमा प्रख्यात मानिन्छ । निकुञ्जमा पाटेबाघसँगै विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, हात्ती र बाघको आहार प्रजाति चित्तल, हरिण र भालुलगायत वन्यजन्तुको वासस्थान मानिन्छ ।
बाघ खोज्न क्यामरा जडान
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी तीव्र पारिएको छ । गत शनिबार गाई चराउन जङ्गल गएका सौरी निवासी ६२ वर्षीय मरीचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
गुणस्तरहीन मकै नष्ट
बाँकेको डल्फिन फिड्समा भेटिएको दुई हजार पाँच सय केजी गुणस्तरहीन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।विभागका अनुसार सो कार्यालयले यही पुस १७
वार्षिक नौ करोड अन्डा उत्पादन
दाङ अन्डामा आत्मनिर्भरसँगै बाहिर निर्यात गर्ने जिल्लाका रूपमा चिनिन थालेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङका अनुसार प्रतिव्यक्ति वार्षिक रूपमा आवश्यक पर्ने ४८ युनिट अन्डाभन्दा बढी जिल्लामा अन्डा उत्पादन हुने गरेको छ ।
वीरेन्द्रको सालिक हस्तान्तरण
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक पुरातात्विक धरोहर संरक्षण एवं शालिक पुनस्र्थापना समितिले स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनःस्थापना गर्न माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई नयाँ सालिक हस्तान्तरण गरेको छ ।
हुलाकी सडकको लागि थप बजेट माग
हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको करिब ५० किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ ।
तीन जना साहित्यकार सम्मानित
जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।
निर्वाचन सफल पार्न सबै लागौं : मन्त्री अग्रवाल
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनुभएको छ ।
घाम लागेपछि जाडोबाट राहत
गत तीन सातादेखि चलिरहेको शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको नेपालगन्जमा आइतबार बिहानैबाट पारिलो घाम लाग्दा धेरैले चिसोबाट राहात महसुस गरेका छन् ।
पाल्पामा मनाइयो ३०४ औँ पृथ्वीजयन्ती
पाल्पामा ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । रामपुर नगरपालिका-६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित सलामी अर्पण गरी आइतबार दिवस मनाइएको हो ।