• १ चैत २०८२, आइतबार

केपीएल : युभिसिसि र न्यू होराइजन फाइनलमा प्रवेश

blog

प्रतियोगितमा प्रतिस्पर्धा गर्दै कोहलपुर स्पोर्टस एकेडेमी र युभिसिसिका खेलाडी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत १ गते । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि) र न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेका छन् । कोहलपुर स्पोर्टस एकेडेमीलाई हराउँदै युभिसिसि र ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन फाइनल प्रवेश गरेका हुन् । 

आइतबार भएको सेमिफाइनलको पहिलो खेलमा कोहलपुर स्पोर्टस एकेडेमीले पहिला टस जितेर ब्याटिङ रोजेको थियो । कोहलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाउन सफल भयो । टिमका लागि भीम सार्कीले ४२ बलमा सर्वाधिक ७४ रन बनाउनुभयो भने विपिन रावलले २६ बलमा २० रन र सिद्धार्थराज शाहीले १० बलमा अविजित १४ रन बनाउनुभएको थियो । अन्य ब्याटहरूले भने दोहोरो अङ्क जोड्न सकेनन् । 

बलिङतर्फ युभिसिसिका लागि आकाश चन्द, दिनेश अधिकारी र सन्तोष यादवले समान ३-३ विकेट लिनुभयो भने कमल मुसलमानले १ विकेट लिनुभएको थियो ।

कोहलपुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको युभिसिसिले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाउँदै सहज ७ विकेटको जित हासिल गरेको हो । युभिसिसिका लागि दिपेन्द्रसिंह ऐरीले ४२ बलमा ८३ रन र अर्जुन साउदले अविजित ४९ बलमा ६८ रन बनाउनुभएको थियो । 

बलिङतर्फ कोहलपुरका लागि दिवन पुनले ३ विकेट लिनुभयो । अन्य बलरहरू भने युभिसिसिका ब्याटरसामु कमजोर सावित हुनुभयो । उक्त खेलमा युभिसिसिलाई विजयी गराउन महत्त्वपूर्ण ४२ बलमा अविजित ८३ रन बनाउनुभएका दिपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । 

दोस्रो सेमिफाइनल खेलमा ब्राइटल्याण्ड स्कुललाई हराउँदै न्यू होराइजन स्पोट्र्स क्लब फाइनल प्रवेश गरेको हो । पहिला टस जितेर ब्याटिङ रोजेको ब्राइटल्याण्डले १६.५ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्रै बनाएको थियो । 

टिमका लागि तुल थापाले २२ बलमा सर्वाधिक ४४ रन बनाउनुभएको थियो । यस्तै ओपनर बिनोद भडारीले १८ बलमा ३० रन र तृतराज दासले १८ बलमा १३ रन बनाउनुभयो । अन्य ब्याटरहरुले भने न्यू होराइजनका बलरहरु हाबी हुँदा दोहोरो अङ्क जोड्न सक्नुभएन । 

बलिङतर्फ न्यू होराइजनका लागि प्रिन्स पालले ४ ओभरमा ९ रन मात्रै खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो । त्यस्तै कुशल मल्ल, सुरज खड्काले समान २÷२ विकेट लिनुभयो भने बासिर अहमद र एलिसन अधिकारीले समान १-१ विकेट लिनुभयो । 

ब्राइटल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको न्यू होराइजनले ८.२ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेटायो । अमर मिश्रको आक्रामक ओपनिङको अर्धशतकमा न्यू होराइजनले ब्राटल्याण्डलाई ६ विकेटले हराएको हो । अमर मिश्रले २२ बलमा ५७ रन, आरिफ खानले १८ बलमा २६ रन बनाउनुभएको थियो । यस्तै कमल विष्टले ४ बलमा ८ रन र दिलसद अलिले १ बलमा अविजित ४ रन बनाउनुभयो । 

बलिङतर्फ ब्राइटल्याण्डका अनमिस शाही, सुनिल शाही, युवराज शर्मा र साहव आलमले समान १-१ विकेट लिनुभएको थियो । अन्य बलरहरु भने धेरै रन खर्चिए पनि विकेटविहीन भए । न्यू होराइजनलाई विजयी गराउन महत्वपूर्ण ३ विकेट लिनुभएका प्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ घोषित हुनभयो । 

फाइनल खेल भने सोमबार बिहान ९ बजे युनाइटेड भिजन क्रिकेट क्लब र न्यु होराइजन क्रिकेट क्बलबीच हुने भएको छ ।