• १ चैत २०८२, आइतबार

सप्तरीमा एक क्विन्टलभन्दा बढी गाँजासहित दुई पक्राउ

blog

लागुऔषध गाँजा ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत १ गते । सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासमेत छिन् ।

प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर तिरहुत गाउँपालिका–२, बडहारामा कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सालाई जाँच गर्दा लागुऔषध गाँजा बरामद भएको हो ।

 तीनवटा सेतो रङ्गको बोरामा राखिएको उक्त गाँजाको तौल गर्दा एक क्विन्टल ११ किलो ८०० ग्राम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

गाँजा ओसारपसार कार्यमा संलग्न अटो चालक कञ्चनरूप नगरपालिका–७, सितापुर टोल बस्ने ४२ वर्षीय जामुन महतो र सोही वडा निवासी २८ वर्षीया कविताकुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका दुवै जनालाई आइतबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।