नालीमा पुरुषको शव फेला
जिल्लाको शिवराज नगरपालिका –५ चन्द्रौटा हाटबजार अगाडि नालीमा एक पुरुषको शव फेला परेको छ ।
बर्दियामा पन्छी गणना हुँदै
बर्दियामा हरेक वर्ष हुँदैआएको जलपन्छी गणना सोमबारदेखि हुने भएको छ । जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बिचमा समन्वय बैठक बसी सोमबारदेखि गणना गर्ने निर्णय गरिएको हो ।
दाङमा बस दुर्घटना, ८ जना घाइते
दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका –१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन् ।
स्थानीय माटो कला संरक्षणमा संस्थागत सहकार्य
कपिलवस्तु जिल्लामा परम्परागत माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक समयसँग जोड्ने उद्देश्यका साथ सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम दिइएको छ ।
१२ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १२ करोडको २४ लाखको लगानीमा १५ शय्याको अस्पताल निर्माण भएको छ । ठाकुरबाबा नगरपालिका वडा ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी नगर अस्पतालको भवन निर्माण भएको हो ।
पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य
गुल्मीमा पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य थालिएको छ।
३९ बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण
गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
भूमिहीन र अव्यवस्थित बसोवासीलाई निस्सा
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको निस्सा वितरण कार्यलाई तीव्रता दिइएको छ ।
मुसिकोटका पहिरो प्रभावित १५ घरपरिवारले पाए लालपुर्जा
गत वर्षदेखि विस्थापित मुसिकोट नगरपालिका–१ थाम बिसौनाका पहिरो पीडित १५ घर परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् ।
थारू बस्तीमा माघीको रौनक
बाँकेका अधिकांश थारू गाउँबस्तीमा माघीपर्वको रौनक देखिन थालेको छ । माघी आउन केही दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो । जिल्लाका अधिकांश गाउँबस्तीमा थारू पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुनाटपरी खुट्न व्यस्त रहेका छन् ।
कोही काठमाडौँतिर कोही हस्ताक्षर फिर्ता गर्दै
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समिति स्पष्ट रूपमा विशेष महाधिवेशनको पक्षमा खुलेको छ । प्रदेश कार्यसमितिमा विशेष महाधिवेशन समर्थकको बहुमत छ भने प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लाका सभापति पनि यही धारमा देखिएका छन् । प्रदेश सभापति अमरसिंह पुनका अनुसार लुम्बिनी प्रदेशबाट विशेष महाधिवेशनको पक्षमा अधिकांश प्रतिनिधि खुलेका छन् । उहाँले भन्नुभयो, “प्रदेशबाट काठमाडौँ जाने प्रतिनिधिको व्यवस्थासमेत भएर काठमाडौँ पठाइएको छ ।” लुम्बिनी प्रदेशमा रहेका ६७६ जना महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढी विशेष महाधिवेशन पक्षधर रहेको पुनको दाबी छ ।
तम्घासमा कल्भर्ट निर्माण तीव्र
गुल्मीको सदरमुकाम तम्घासस्थित सहिद चोकमा कल्भर्ट पुन :निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ। निकै व्यस्त देखिने यहाँको कल्भर्ट जीर्ण बन्दै गएपछि भत्काएर पुनः नयाँ पक्की कल्भर्ट निर्माण गर्न थालिएको थियो।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
सुधारगृहका बालकलाई एडभोकेसीको सहयोग
मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ ।
विद्यार्थीलाई न्यानो पोसाक
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ ।
निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
ट्रेड युनियन कसैको बक्सिस होइन : न्यौपाने
नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले ट्रेड युनियन कसैको बक्सिस नभएको बताउनु भएको छ । उहाँले पार्टीको तर्फबाट लोकतन्त्र सफल नभएपछि जागिर धरापमा राकेर सडकमा आएर आन्दोलन सफल बनाएकाले प्राप्त ट्रेड युनियन भएको बताउनुभयो ।