चोरीका दुई स्कुटरसहित दुई किशोर पक्राउ
गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्।
बाँकेमा मिनी रङ्गशाला अधूरै
लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै छ ।
बाँकेमा जलपन्छी गणना
बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छी गणना सुरु गरिएको छ ।
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण ८८ प्रतिशत
बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
सत्यवतीमा आज शोक बिदा
सत्यती गाउँपालिका गुल्मीमा आज (बुधबार) शोक बिदा दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार वडा नम्बर ४ लिम्घामा कार्यरत नायब प्राविधिक सहायक पदमा कार्यरत ३५ वर्षीय खुमप्रसाद ओलीको निधन भएकाले आज पालिकाभर शोक बिदा दिने निर्णय भएको हो ।
बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था
बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नानको विशेष व्यवस्था गरिएको छ ।
स्थानीय तहमा हिउँदे सभाको रौनकः नीति र बजेटमा केन्द्रित
पश्चिम नवलपरासीका स्थानीय तहहरू यतिबेला आफ्नो अर्धवार्षिक समीक्षा र नयाँ नीति निर्माणमा जुटेका छन् ।
माडी चक्रपथको काम सुरु
माडी चक्रपथ निर्माण सुरु भएको छ । जिल्लाको तानसेन, माथागढी, बगनासकाली र रम्भा गाउँपालिकाका विभिन्न वडा छोएर निर्माण गरिएको माडी चक्रपथको स्तरोन्नति गर्ने काम एक दशकपछि सुरु भएको हो ।
जोखिम न्यूनीकरण गर्न पूर्वतयारी आवश्यक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि अवलम्बन गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान
थारू समुदायको मौलिक ढुमरु गीत लोपोन्मुख
परम्परागत रूपमा माघ पर्वको अघिल्लो दिन अर्थात् पुस महिनाको अन्तिम रात, गाउँको मटाँवा र बरघरको आँगनमा आगो ताप्दै गाउँका गरढुर्या (घरमुली) हरूले रातभरी जाग्राम बसेर ढुमरु गीत गाउने चलन थियो ।
नेकपा केन्द्रीय सदस्यमा गुल्मीका १२ जना चयन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा गुल्मीका १२ जना चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा चयन हुनुभएका सबै जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कार्यदलका सदस्य अशोक थापाले जानकारी दिनुभयो ।
करदाता सेवा कार्यालय खारेजप्रति गुल्मीमा आपत्ति
गुल्मीको सदरमुकाम तम्घासमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति उद्योग वाणिज्य संघ गुल्मीले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा हो : डा. तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।
पीडितका गुनासो र सुझाव सुन्दै रुकुम प्रहरी
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न अपराधका घटनाबाट पीडित व्यक्तिका गुनासो र सुझाव सुनुवाइका लागि अन्तरक्रिया गरेको छ।
हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गुल्मीले आगामी फागुन २१ गत सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हातहतियार बुझाउन आग्रह गरेको छ।
बाँकेमा खजुरा गोल्डकपको तयारी
बाँकेको खजुरा गाउँपालिकाको डिगाउँमा खजुरा गोल्डकपको आयोजना गरिने भएको छ ।
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट सुरु
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट खेल सुरु भएको छ ।
खेलाडीलाई प्रशिक्षण र सुविधा दिनु पर्छ : मन्त्री गुप्ता
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मङ्गलबार नेपालगन्ज रङ्गशालाको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ ।
रुपैडिहाको रेल स्टेशशन र रेल लाइनको विस्तार र स्तरोन्नती
यहाँस्थित नेपाल–भारत सीमा पारी रहेको रुपैडिहाको नेपालगन्ज रोड नामक रेल स्टेसन र रुपैडिहादेखि बहराइच सम्मको रेल लाइनलाई ब्रडगेज (बडी लाइन) मा स्तरोन्नती र विद्युतिकरण गर्ने कार्य सम्पन्न गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन सफल बनाउन बाँकेमा सुरक्षा रणनीति तय
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगन्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
रुरुक्षेत्रमा ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो ।
बंगाली शीर्षकः हाङ्गोरमा ‘अभिनेता अग्रहरीको डेब्युः’
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ ।
सडक ऐना हराउँदा बढ्यो दुर्घटना जोखिम
सडकमा दुर्घटना न्यूनीकरणाका लागि राखिएका ऐनाहरु हराउँदा, तोडफोड हुँदा दुर्घटना जोखिम बढेको पाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीको रिडी–तम्घास सडकमा रहेका ऐनाहरु केहि फुटेको र हराएको अवस्थामा हुँदा दुर्घटना जोखिम बढेको हो ।
विद्यालयमा किशोरीलाई आरामकक्ष
बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ ।