मुख्यमन्त्री आचार्यद्वारा बाह्रकुने दह र बराह मन्दिर अवलोकन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्तिको अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल बाह्रकुने दहको अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले पुस २९, ३० र माघ १ गतेसम्मका लागि माघे संक्रान्ति बाह्रकुने दह मेला २०८२ आयोजना गरेको छ ।
गुल्मीमा निर्वाचन प्रहरीमा बाह्रसय ५९ को आवेदन
गुल्मीमा निर्वाचन प्रहरीको पहिलो भर्ना अवधीभित्र बाह्र सय ५९ जनाको आवेदन दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ ।
दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा
बाँकेको नरैनापुर गाउँपालिकाले पालिका भित्रका १२८ भूमिहीन दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको छ।
बसको ठक्करबाट एक जनाको मृत्यु : चार जना घाइते
दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
माघे सङ्क्रान्तिको अवसरमा खाना महोत्सव (फोटो फिचर)
मगर समुदायको बाहुल्यता रहेको जिल्ला पाल्पामा मगर समुदायले माघेसङ्क्रान्ति पर्व विभिन्न कार्यक्रम सहित मनाइएको छ। बिहीबार रामपुर नगरपालिका–२, बादरकुनामा मगर खाना महोत्सव सहित माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
नेपालगन्जमा दुई सय प्रकारका मःमःसहित चौथो मःमः फेस्टिभल गरिने
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सिद्धार्थ कटेज नेपालगन्जले चौथोपटक मःमः फेस्टिभल आयोजना गर्ने भएको छ ।
अपराध नियन्त्रण गर्न सिमा क्षेत्रमा नागरिक सुनुवाइ
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सिमा क्षेत्र यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
चार दिनदेखि बेपत्ता अर्घाखाँचीका वृद्ध मृत फेला
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा घर भइ अहिले बुटवल गोलपार्क बस्दै आउनुभएका ९२ वर्षीय छविलाल गैरे कालीगण्डकी नदीमा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ।
अबको बाटो संसद् पुनःस्थापना: एमाले महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुनेनहुने भन्ने अन्योल कायमै रहेको वर्तमान अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताउनुभएको छ।
रोहिणी गाउँपालिका १ काे नयाँ भवन उद्घाटन
रूपन्देहीको रोहिणी गाउँपालिका १ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बगहामा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको हो ।
संस्कृती जोगाउँदै सचेतना फैलाउँदै
बर्दियामा माघीको अवसरमा धमा धम सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडादेखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
रेसुङ्गामा सातौं राष्ट्रपति रनिङ शिल्ड हुँदै
गुल्मीको रेसुङ्गा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि माघ तीन गतेदेखि पाँच गतेसम्म विभिन्न स्थानमा आयोजना गर्न लागिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।
तीनमुखे पुलमा तीनतिर मेला
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्व्रmान्ति अर्थात् रुरुमेला हुने गथ्र्याे । बर्सेनि रुरुमेलाका अवसरमा का
गुल्मीमा सवारी धनी मालामाल, यात्रु सधैँको मर्कामा
गुल्मीका प्राय सडकहरु कालोपत्रे भए पनि भाडादर भने पुरानै हुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक स्तरउन्नतीसँगै कालोपत्रे भए पनि भाडादरमा भने परिवर्तन हुन सकेको छैन ।
बाँके र बर्दियाका थारु गाउँबस्तीमा माघी हर्षोल्लासका साथ मनाइँदै
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीहरु यति बेला जताततै माघीमय भएका छन् । थारू समुदायले आफ्नो मुख्य पर्व माघी बिहीबार हर्षोल्लसाका साथ मनाउँदै छन् ।
सशस्त्रको ‘पूर्व–पश्चिम झण्डा मार्च’ अभियानको टोली कपिलवस्तुमा
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा संचालन गरिएको “पूर्व–पश्चिम झण्डा मार्च” कार्यक्रमअन्तर्गत सशस्त्रको टोली कपिलवस्तु आइपुगेको छ । सशस्त्रको टोली कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ५ स्थित ठकुरापुरमा रहेको सिमा स्तम्भ नम्बर ५७८.४ मा पुगेको हो ।
जीवनोद्वारलाई राष्ट्रपति रनिङ शिल्ड
गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवनोद्वार माध्यमिक विद्यालय प्रथम भएको छ ।
पश्चिम तराईका थारू गाउँँमा माघको रौनक
दाङलगायत पश्चिमका थारू गाउँमामाघको रौनक छ । रातभरी ढुम्रु गीत गाएपछि अहिले कोही नजिकैको खोला तथा बबई नदीमा स्नान गरेर फर्किरहेका छन् भने कोही स्नानका लागि बबईतिर गइरहेका छन् ।
मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
गुल्मीमा भूमि आयोगद्वारा तीन स्थानीय तहमा लालपुर्जा वितरण
भूमि समस्या समाधान आयोग, गुल्मीले जिल्लाका तीन स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको छ । मदाने गाउँपालिकाका २६ लाभग्राहीलाई लालपुर्जा वितरण गरिएको छ ।
माघे संक्रान्तिमा तरुलको बढ्दो व्यापार
माघे सक्रान्तिको पूर्वसन्ध्यामा बुटवल हाटबजारमा तरूल तथा सखरखण्डको ब्यापार गर्दै ब्यापारी र तरूल किन्दै उपभोक्ता । तस्बिरः कपिल ज्ञवाली
मनरीमा २० वर्षदेखि खिचडी महोत्सव हुँदै
पश्चिम नवलपरासीमा सरावल गाउँपालिका –२ मनरीमा विगत २० वर्षदेखि माघे संक्रान्तिको अवसरमा खिचडी (माघी) महोत्सव हुँदैआएको छ । हरेक वर्ष आयोजना हुने माघी महोत्सव यस वर्ष पनि आजबाट सुरु भएको छ ।
गलत प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती : प्रमुख आयुक्त डा. आचार्य
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले गलत नियतले सूचना माग्ने प्रवृत्ति बढ्दै गएको बताउनु भएको छ । दुःख दिने नियतले सूचना माग्ने प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती देखिएको बताउनुभएको हो ।
इन्दिरा चिनी उद्योग सञ्चालनमा नआउँदा किसान मर्कामा
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रा.ली हालसम्म सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् ।