बाँसको लिङ्गो किनमेल
दाङ, कात्तिक २७ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित अमृतटोलमा बाँसको लिङ्गो किनबेच गरिँदै। आज हरिबोधिनी एकदशी पर्वमा घर अगाडि तुलसीको मठमा बाँसको लिङ्गो गाड्ने गरिन्छ । तस्बिरः रासस
रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण
रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।
ब्रान्डिङ हुँदै कोदोको मदिरा
स्थानीय स्तरमा प्रशस्त मात्रामा पाइने कोदोबाट मदिरा बनाएर बिक्री गर्न स्थानीय पालिकाले पहल थालेका छन् ।
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा बढी क्षति
लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
प्रभावकारी सूचना प्रवाह आवश्यक छ : मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताउनुभएको छ ।
रामपुर नगरपालिकामा मङ्गलबार सार्वजनिक बिदा
जिल्लाको रामपुर नगरपालिकाले नगरक्षेत्रभित्र भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।
लोप हुँदै सिँगडा खेती
पोखरीमा फल्ने सिँगडा रुपन्देहीमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो ।
नौबस्ता सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे
बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् ।
पाल्पा दरबार अब सधैँ उज्यालो
लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयलाई चौबिस घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उज्यालोको व्यवस्था नहुँदा दरवार क्षेत्र अँध्यारो हुने गर्दथ्यो ।
बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइँदै
सहकारी ठगी र सङ्गठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइने भएको छ ।
पालिकामा हुलाक कार्यालय स्थापना
नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ ।
हरिबोधिनी एकादशीको दिन रेसुङ्गा र गुल्मी दरबार गाउँपालिकामा सार्वजनिक बिदा
जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ ।
बाँकेमा एक पुरुषको शव फेला
बाँके राप्तीसोनारी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । सो गाउँपालिका वडा नम्बर २ गन्देली पुल नजिकै पूर्व पश्चिम राजमार्ग सडकखण्डको सानो पुल मुनी अन्दाजी ४५/५० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सतासी लाखका औषधी गायब
कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ ।
पर्यटक आकर्षित गर्ने योजना
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।
आधुनिक प्रविधिले हराउँदै गोरु
गौमुखी गाउँपालिका–६, लिवाङ निवासी ललिता खत्रीलाई एक मुरी मकै छोडाउन दिनभर समय लाग्थ्यो ।
ब्रुसेलोसिस रोगले पुरुषमा नपुंसकता बढाउने जोखिम
ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ ।
रज्जेमन्नामे गाउँ
दाङको घोराही उपमहानगरपालिका ५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र।
रेसुङ्गामा निगमले हप्तामा एक दिन उडान गर्ने
नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्तामा एक दिन मात्र उडान गर्ने भएको छ । यहाँ बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दैआएको निगमले अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
जेसिस कार्यक्रमप्रति क्याम्पसको ध्यानाकर्षण
पाल्पा जेसिसको आयोजनामा भएको कार्यक्रममा व्यक्तिगत आक्षेप लगाउने र समाज भाँड्ने किसिमका अभिव्यक्ति दिएको भन्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र त्रिभुवन बहुमुखी क्याम्पस प्राध्यापक इकाई समितिले ध्यानाकर्षण गराएको छ ।
निस्दीलाई मण्डली कप उपाधि
मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । उपाधिका लागि निस्दी र मणिमुकुन्द भलिबल क्लबबिच भएका प्रतिस्पर्धामा निस्दीले मणिमुकुन्दलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या
३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ।
अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई
बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।