एकता, सहिष्णुता र समावेशी विकासमा जोड : मुख्यमन्त्री आचार्य
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।
होटेल कान्तिपुर प्लाजा सञ्चालन
बाँकेको नेपालगन्जमा नयाँ होटेल थपिएको छ । नेपालगन्जको धम्बोझीमा १५ करोड रुपियाँको लगानीमा नयाँ दुईतारे होटेल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
गुल्मीमा चट्याङबाट ६ जना घाइते, एक गम्भीर
गुल्मीको मालिकामा चट्याङ लागेर छ जना घाइते भएका छन्। चट्याङबाट मालिका गाउँपालिका–२ दर्लिङका ३२ वर्षीया गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्यूठानमा कुखुरा र अण्डा आयातमा रोक
बाहिरी जिल्लाबाट प्यूठान आयात हुने कुखुरा तथा अण्डामा रोक लगाइएको छ । जिल्ला स्तरीय बर्डफ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा नियन्त्रण गर्ने निर्णय भएको हो ।
चट्याङ लागेर तीन जना घाइते
गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्।
चार सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
आर्थिक अभावका कारण शैक्षिक सामग्री खरिद गर्न नसकी बीचमै पढाइ छाड्न बाध्य हुने विद्यार्थीको विद्यालय छाड्ने दर कम गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
पत्रकारिताको आधारभूत सीपका लागि कार्यशाला
नेपालगञ्जमा पत्रकारिताका आधारभूत सीपहरूबारे एक दिने कार्यशाला आयोजना गरिएको छ। समाचार स्टोरीको आइडिया कसरी बनाउने र स्रोतसम्म कसरी पुग्ने विषयमा केन्द्रित भएर कार्यशालामा जानकारी दिइएको छ ।
लमही सबस्टेशनमा आगलागी, विद्युत सेवा अवरुद्ध
नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य
जातीय विभेदमुक्त समाजका लागि सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरुले जोड दिनुभएको छ ।
न्यायिक प्रक्रियाप्रति बालबन्दीको असन्तुष्टि
बाँकेको नौबस्ता बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ता(बालबन्दी)हरुले न्यायिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभएको छ ।
बालसुधार गृहका बालकलाई खेलकुद सामग्री
बाँकेको नौवस्ता बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग उपलब्ध गराएको छ ।
बाँकेमा फागुन महिनामा ११९ वटा आपराधिक मुद्दा दर्ता
बाँकेमा एक महिनाको समयावधिमा ११९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
गुल्मीमा महिला मृत फेला
गुल्मीको छापहिलेमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेकी ४४ वर्षीया बिमला सुनार मृत फेला पर्नुभएको हो ।
१५ करोडको लगानीमा दुईतारे होटल सञ्चालनमा
गजेन्द्र गुरुङखजुरा, चैत ६ गते । बाँकेको नेपालगन्जमा नयाँ होटल थपिएको छ ।नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा नयाँ दुईतारे होटल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवासुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिनुभयो । करिब १५ करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भई शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्डअनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक कँडेलले बताउनुभयो ।उहाँका अनुसार होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि दुई वटा विशेष स्वीट रुम उपलब्ध छन् ।सबै कोठाहरूमा एसी र २४सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि आठ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ईसेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।सभा÷सेमिनारका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका सञ्चालक कँडेलले जानकारी दिनुभयो । सवारीसाधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ ।नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुर्याउने विश्वास लिएको होटलले जनाएको छ ।
ईदको अवसरमा मुस्लिम समाजद्वारा कैदीबन्दीलाई नयाँ लुगा
मुस्लिम समुदायको महान पर्व ईदको उपलक्ष्यमा बाँकेको नौबस्ता र नेपालगन्ज कारागारका कैदीबन्दीलाई मुस्लिम समाज बाँकेले नयाँ लुगा वितरण गरेको छ।
हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा
बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ।
खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द
गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बजारदेखि भार्से चोकसम्मको सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
बाँके कांग्रेसले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई निष्कासन सिफारिस
नेपाली कांग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरी कारवाहीको सिफारिस गरेको छ।
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ ।
प्रतापपुर गाउँसभाबाट आर्थिक प्रस्ताव र निर्देशिका पारित
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बिहीबार सम्पन्न २०औँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ।
धमाधम रोपाइँ
बर्दियामा चैते धान रोपाइँ सुरु भएको छ । चैते धानको पकेट क्षेत्र राजापुर र गेरुवा गाउँपालिकामा धान रोपाइँको चटारो छ । बर्दियामा राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । विशेष गरी राजापुर र गेरुवा गाउँपालिकामा बर्खे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
प्युठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । विहीबार बेलुका प्युठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।
हुलाकलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड
हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । हुलाक सेवा विभागले बिहीबार नेपालगन्जमा आयोजना गरेको द्रुत डाँक सेवा (इएमएस)सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।