सिमेन्ट उद्योगमा पुरिएर मजदुरको मृत्यु
दाङको देउखुरीमा रहेको सम्राट समेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कपिलबस्तुमा मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
उपमहानगरपालिकाका उपमेयर राईद्वारा राजीनामा
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र २ बाट उम्मेदवार बन्नका लागि उहाँले राजीनामा दिनुभएको हो ।
निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन
जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन दिइएको हो ।
मुसिकोटका १३६ नागरिकको आँखा जाँच तथा ३२ को शल्यक्रिया
मुसिकोटका १३६ नागरिकको निःशुल्क आँखा जाँच तथा ३२ जनाको शल्यक्रिया गरिएको छ ।
लुम्बिनी प्रदेश सभाका दुई सांसदको राजीनामा
लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि नेकपा माओवादीको तर्फबाट दाङको क्षेत्र नं २ को २ बाट निर्वाचित धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टीका (नाउपा)बाट बर्दिया क्षेत्र नं २ को २ बाट निर्वाचित धर्मबहादुर चौधरीले राजीनामा दिनुभएको छ ।
उपलब्धिको संरक्षण स्थिर विकासको आधारः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताउनुभएको छ ।
बाँकेको साक्षरता दर ७३ प्रतिशतभन्दा बढी
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसारको साक्षरता सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बाँकेको साक्षरता दर ७३.४ प्रतिशत रहेको जनाएको छ ।
शवगृहमा छोराको लास आमाबुवाको मर्याे आस
रूपन्देहीको कञ्चन गाउँपालिका अन्तर्गत धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको शव एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको शवदाहगृहमा छ । उहाँका आमाबुवाको
बरघर भलमनसालाई कानुनी मान्यता
थारू समुदायमा परम्परादेखि अभ्यास हुँदै आएको मटाँवा, बरघर र भलमनसा चयन प्रणालीले स्थानीय तहबाट कानुनी मान्यता पाएसँगै पुनः औपचारिक हैसियत प्राप्त गरेको छ ।
रेसुङ्गामा लालपुर्जा वितरण
गुल्मीको रेसुङ्गा नगरपालिकामा अव्यवस्थित रुपमा बसोवासी गर्दै आउनुभएकाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
करेन्ट लागेर एक युवकको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक बस्ने ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुरद्वारा साइकलयात्रा तयारी
नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्राको तयारी सुरु गरिएको छ । आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लवले यात्राको ब्यवस्थित तयारीका लागि नेपालगञ्जमा आइतबारदेखि सचिवालय स्थापना गरेको छ ।
बाँकेमा नेकपाका युवा उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार टुङ्ग्याउने कार्य गरिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
बाँकेमा निर्वाचन प्रहरीमा चार हजार ८२८ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।
ठक्करबाट शिक्षिकाको ज्यान गयो
प्युठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–४, खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।
कुर्घा शिविरमा ९०६ ले लिए स्वास्थ्य सेवा
गुल्मीको मुसिकोटमा प्रसिद्ध भाटी मेलाको अवसरमा मालिका युवा क्लबको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका –६ को कुर्घामा मुसिकोट नगरपालिकाको समन्वय र बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
बाँकेको पूर्वी क्षेत्रमा बाघ र चितुवाको आतङ्क
बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केही दिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कति र भयभित बनेका हुन् ।
एमालेबाट गुल्मीमा विष्ट र ज्ञवाली उम्मेदवार
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। यसै क्रममा दुई निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लाका लागि पनि एमालेले उम्मदवारको टुङ्गो लगाएको बताइएको छ।
ट्राफिकद्वारा छ महिनामा चार हजार सवारी कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष ०८२/०८३ को छ महिनाको अवधिमा चार हजार २७८ सवारी कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट ४४ लाख ७० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
रेसुङ्गामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित
गुल्मीको रेसुङ्गा नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ। नगरपालिकाले आयोजना गरेको स्थानीयतह स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्याल, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको हो।
तिलौराकोटमा एकाउन्न देशका पर्यटक
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा ५१ देशका विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०२५ मा ५० देशका ४
निर्वाचन प्रहरी : गुल्मीमा दुई दिन म्याद थप्दा पनि ३०१ अपुग आवेदन
गुल्मीमा ३०१ निर्वाचन प्रहरी अपुग देखिएको छ । पहिलो भर्ना अवधीभित्र एक हजार २५९ जनाको आवेदन दर्ता भएको थियो । जसका कारण दुई दिन भर्नाको समय थप गरिएको थियो ।
श्रीमतीको हत्या आरोपित पक्राउ
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय गणेशबहादुर कामीले श्रीमती ६५ वर्षीया पम्फा कामीको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।