• ६ चैत २०८२, शुक्रबार

चट्याङ लागेर तीन जना घाइते

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ६ गते। गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। यस जिल्लाको मालिका गाउँपालिका वडा २ दर्लिङका ३२ वर्षीय गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।

प्रहरी नायव उपरीक्षक सारुका अनुसार शुक्रबार दिउँसो हावाहुरी र पानीसहित परेको चट्याङबाट शरिरको विभिन्न भागमा चोट लागेर घाइते हुनुभएका तीनै जनाको लुम्बिनी वामी हस्पितल वामिटक्सारमा सामान्य उपचार पश्चात् थप उपचारका गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ। 

तीनै जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। त्यसैगरी घाईते विष्णु खड्काको एक बाख्रा र सोही स्थानकी बाली बिकको दुई बाख्राको मृत्यु भएको प्रहरीले जनाएको छ।