दाङको तीन निर्वाचन क्षेत्रमा ५० जनाको उम्मेदवारी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी
कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन् ।
बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गुल्मीको चुनावी प्रतिस्पर्धामा नयाँ पुराना अनुहार
गुल्मीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं १ बाट २१ र क्षेत्र नं २ बाट २२ गरेर ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयको विवरण अनुसार अहिलेको निर्वाचनमा नयाँ पुराना अनुहारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
कपिलवस्तुमा मनोनयन दर्ता उत्साहजनक
कपिलवस्तुको तीन वटै क्षेत्रमा मनोनयन दर्ता उत्साहजनक भएको छ । आगामी फागनु २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको कार्य मङ्गलबार उत्साहजनक भएको हो ।
प्रमाण जुटाउन तिलौराकोटमा उत्खनन
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो ।
बढ्यो हिंस्रक वन्यजन्तुको आतङ्क
बाँके जिल्लाको पूर्वी क्षेत्रमा पाटेबाघ र चितुवाको आतङ्क बढेपछि स्थानीयमा भयको वातावरण उत्पन्न भएको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका अन्तर्गत हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभित बनेका हुन् ।
‘चुनाव लोकतन्त्र पुनर्स्थापनाको माध्यम’
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले चुनाव लोकतन्त्र पुनस्र्थापना गर्ने माध्यम भएको बताउनुभएको छ । दाङ क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोख्रेलले निर्वाचनका माध्यमबाट लोकतन्त्रलाई पुनस्र्थापना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण हुने बताउनुभएको हो ।
युवा पुस्तामा थारू संस्कृतिप्रति आकर्षण बढ्दै
घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृति प्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सीप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
पाल्पामा स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दलबाट २३ र स्वतन्त्र बाट ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
बर्दियाको दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी
बर्दियामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ मा २२ जना र निर्वाचन क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
रुकुमपश्चिममा १२ जनाको उम्मेदवारी दर्ता
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनलाई जिल्लाको राजनीतिक विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
पूर्वमन्त्री राई र काँग्रेस प्रदेश अध्यक्ष पुनको उम्मेदवारी दर्ता
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बाँकेमा उम्मेदवारी दर्ता भएको छ । सो क्रममा बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
हातहतियार तथा खरखजाना बुझाउन आग्रह
जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी संविधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ ।
नेकपाबाट कुलप्रसादको विद्रोह, स्वतन्त्रबाट उम्मेदवारी
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ। दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट उम्मेदवार
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
महासचिव पोखरेलले गराउनु भयो मनोनयन दर्ता
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल दाङ क्षेत्र २ बाट मनोनयन दर्ता गराउनु भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराउनुभएको हो ।
बाँके ३ मा उम्मेदवारी दर्ता
बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का सुमन मल्लले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा (एमाले) सचिवालय बैठकले पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा उम्मेदवार परिबर्तन गरेको हो । एमालेले जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको छ ।
दाङ क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालको उम्मेदवारी दर्ता
दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
रास्वपाले बाँकेमा सुनारसहित थारु र श्रेष्ठ चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । उक्त पार्टीले बाँकेमा चर्चित दलित अभियन्ता खगेन्द्र सुनारसहितका उम्मेदवार टुङ्गो लगाएको हो ।
‘हेभीवेट’ उम्मेदवार प्रतिस्पर्धा राष्ट्रिय स्तरमै चासो
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै नवलपरासी (सुस्ता पश्चिम) का दुई निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।
गुल्मीमा दलले उम्मेदवार टुङ्गो लगायो
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्।
सिमेन्ट उद्योगमा पुरिएर मजदुरको मृत्यु
दाङको देउखुरीमा रहेको सम्राट समेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।