बालसुधार गृह : मुद्दा र सेवा अभाव प्रमुख समस्या
बाँके जिल्लाका बालसुधार गृहहरूको संयुक्त अनुगमनले बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनःस्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या रहेको निष्कर्ष सार्वजनिक गरेको छ।
दाङमा वर्षाका कारण दुई करोड बढीको इँटामा क्षति
दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँदा करिव दुई करोड दस लाख रुपियाँ बराबरको क्षति भएको हो ।
बेमौसमी वर्षाले बाँकेमा नौ करोड बराबरको इँटा नष्ट
गत दुई दिनदेखि भएको बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ ।
बुद्धकालीन रामग्राम र पण्डितपुर स्थल ओझेलमाः संरक्षण र प्रचारको अभाव
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र र भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु निहित रामग्राम स्तूप यतिबेला उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ।
साइनबोर्डबाट संसद्सम्म भुसालको सङ्घर्षमय यात्रा
पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो ।
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् ।
गोरक्षपात्रदेवता–देवीपाटन यात्रा टोली भारतको जनकपुरमा
दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्षपात्रदेवता सिद्ध रतननाथ मन्दिरबाट देवीपाटनका लागि हिडेको टोली भारत प्रवेश गरेको छ । चैतको १ गते एकादशीका अवसरमा घोराहीको चौघेरा मन्दिरबाट सुरु भएको यात्रा शनिबार भारतको जनकपुरमा पुगेको हो ।
गुराँस जोगाउन स्थानीय सरकारको अपिल
अहिले गुल्मीका जङगल र पाखा पखेराहरुमा गुराँस फुलेर राताम्य बनेको छ । देख्दा निकै आर्कषक हुने भएकाले गुराँस हेर्न जानेहरुको घुइँचो छ ।
बालविवाह अन्त्यका लागि प्रदेश सांसदसँग नीति–संवाद
नेपालमा बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशका सांसदहरूले नीतिनिर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह न्यूनीकरणमा प्रदेशसभा सदस्यको भूमिका विषयक नीति–संवाद कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
टिप्पर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म नौ लाख २१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
टिप्पर दुर्घटना हुँदा तीनको मृत्यु, एकजना गम्भीर
पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन ।
जातीय विभेद उन्मूलनमा सहकार्यको माग
६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित महिला सशक्तीकरण परियोजनाको आयोजनामा बाँकेको नेपालगञ्जमा सो कार्यक्रम सम्पन्न भएको हो।
रेसुङ्गा गौशाला क्षेत्रमा एक जना मृत फेला
गुल्मीको रेसुङ्गा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका–३, भाडगाउँका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कपिलवस्तुको महाराजगन्जका केही क्षेत्रमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज
पानी परेपछि उर्लिएर आउने छल्दी खोला तर्न स्थानीयलाई ठूलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्खामा खोला पस्नुपर्ने बाध्यता थियो ।
चिनियाँ राजदूतद्वारा तिलौराकोटको अवलोकन
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राचीन तिलौराकोट क्षेत्रको भ्रमण तथा अवलोकन गर्नुभएको छ । भगवान् बुद्धले आफ्नो जीवनको २९ वर्ष विताएको ठाउँ प्राचीन तिलौराकोटको भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व सङ्कलन
पश्चिमका प्रमुख नाकाहरूमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ ।
नेपालगन्जमा मुस्लिम समुदायले इद–उल–फित्र धुमधामका साथ मनायो
बाँके जिल्लाका मुस्लिम समुदायले शनिबार मुस्लिम धर्मको सबैभन्दा ठुलो पर्व इद–उल–फित्र धुमधामका साथ मनाएका छन्।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
गुल्मीबाट एसइई दिने विद्यार्थी घटे
गुल्मीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या घटेको छ। गतवर्षको तुलनामा यसवर्ष ४०५ जना परीक्षार्थी कम भएका छन्। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने एसइईका लागि यस जिल्लाबाट १५१ विद्यालयका चार हजार ४५२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ।
बाँकेमा आगलागी, हावाहुरी र लु रोकथामका लागि प्रतिकार्य योजना स्वीकृत
बाँकेमा गर्मीयाम सुरु भएपछि तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिम घटाउन तयार पारिएको प्रतिकार्य योजना स्वीकृत गरिएको छ ।
‘मतदाताको विश्वास टुट्न दिन्नँ’
लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचय बनाउँदै आएका दङ्गीशरण गाउँपालिका–४, मौलीगाउँका कमल सुवेदीको परिचय अब फेरिएको छ । यसअघि सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका सुवेदी अब देशको नीतिनिर्माण गर्ने स्थानमा पुग्नुभएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ–३ बाट निर्वाचित भएपछि उहाँको यो नयाँ परिचय थपिएको हो ।