सन्तोष दहित
दाङ, जेठ २६ गते । मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालिम दिइएको हो।
मुक्त कम्लहरीलाई आयआर्जन तथा आत्मनिर्भर बनाउनमा सहयोग गर्ने उद्देश्यले मुक्त कम्लहरीलाई तालिम दिएको मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो । अचार बनाउने तालिमले मुक्त कम्लरीलाई आत्मनिर्भर बनाउनेमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश तथा स्थानीय सरकारको सहयोगमा मुक्त कम्लहरीलाई सशक्तीकरण गराउनुको साथै विभिन्न सीपयुक्त तालिमहरू सञ्चालन गरिँदैआएको जानकारी दिनुभयो ।
अचार बनाउने तालिममा तुल्सीपुर र घोराही उपमहानगरपालिकाका ३० जना मुक्त कम्लहरीको सहभागिता रहेको थियो । मुक्त कम्लहरी विकास मञ्चका अनुसार लुम्बिनीको दाङ, बाँके र बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा करिब १२ हजार मुक्त कम्लहरी छन् ।