बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन २६ गते ।पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ झन्डै एक लाख मत प्राप्त गरेको छ ।
दुवै निर्वाचन क्षेत्रको आज बिहान सम्पन्न मतगणना अनुसार रास्वपाले समानुपातिक तर्फ कुल सदर मत एक लाख ६५ हजार ३८७ को ५९.२४ प्रतिशत अर्थात ९७ हजार ९७९ मत प्राप्त गरेको हो ।
रास्वपाले क्षेत्र नम्बर एकमा ४७ हजार ४०७ र क्षेत्र नम्बर दुईमा ५० हजार ५७२ मत प्राप्त गरेको छ । अन्य सबै दलले प्राप्त गरेको कुल मत भन्दा रास्वपाले प्राप्त गरेको मत बढि छ ।
दुवै निर्वाचन क्षेत्रमा गरि नेपाली कांग्रेसले समानुपातिक तर्फ २० हजार ३३४ मत पाएको छ भने जनता समाजवादी पार्टी जसपा नेपालले १२ हजार ७५१ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले १० हजार ७७७ मत प्राप्त गर्दा राप्रपाले सात हजार ५५४ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले जम्मा दुई हजार ९२१ मत प्राप्त गर्दा जनमत पार्टीले दुई हजार ५९३ मत पाएको छ ।
नवलपरासीमा हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीले पनि दुवै क्षेत्रमा गरि समानुपातिक तर्फ कुल दुई हजार ७५ मत प्राप्त गरेको छ ।
नवलपरासीमा दुवै निर्वाचन क्षेत्रमा फराकिलो अन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाल र नरेन्द्र गुप्ता बिजयी हुनुभएको थियो ।