रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन
रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठुलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ ।
बुटवलमा रक्तसञ्चार केन्द्र स्थापना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) स्थापना भएको छ । अस्पतालमा भर्ना भएका बिरामीले रगत लिनकै लागि अस्पतालबाहिर जानु नपर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उदघाटन गर्नभयो ।
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी
जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।
पाँच हजार बचत फिर्ता लिन दिनभर घाममा
गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टिका योगीले आफ्नो जग्गा बिक्री बापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैंकमा खाता खोलेर बचत राख्नुभयो ।
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
कोहलपुरको सामुदायिक वनमा शव फेला
बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बाँकेमा पशुचौपायालाई निःशुल्क खोप लगाउन सुरु
गर्मी बढेको समयमा पशुचौपायामा विभिन्न महामारी देखिने भएकोले पशुचौपायालाई महामारीबाट जोगाउन बाँकेमा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।
बजेट व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित
गत पाँच वर्ष अघिदेखि उठाउँदै आएका मागहरूलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् ।
लोपोन्मुख कठ्यौरी र पुत्काको संरक्षणमा पुरमल
कोहलपुर नगरपालिका वडा ११ का पुरमल बस्नेत विगत १५ वर्षदेखि विभिन्न किसिमका लोपोन्मुख कठ्यौरी, भमरा, पुत्का, कुमालकोटी तथा माहुरी प्रजातिका किराहरुको संरक्षणमा जुट्दै आउनुभएको छ ।
‘शुक्लाम्बरा’ उपन्यासको विमोचनसँगै चार साहित्यकार सम्मानित
नेपालगन्जमा साहित्यकार तारा खत्री रोकायाद्वारा लिखित ‘शुक्लाम्बरा’ उपन्यासको विमोचनसँगै चार जना साहित्यकारलाई सम्मान गरिएको छ ।
एक सय ८८ किलोमिटर सडक कालेपत्रे
स्थानीय सरकार बनेपछि ग्रामीण क्षेत्रका सडक तथा पूर्वाधारको विकासमा फड्को मारेको छ । २०७४ को स्थानीय तहबाट नयाँ जनप्रतिनिधि चुनिएर आएपछि ग्रामीण क्षेत्रको सडक, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा ग्रामिण सडकको कालोपत्रेलगायत निर्माणको कामलाई तिब्रता दिंएका छन् ।
कन्हवा ताल विस्तार गरिने
बाँकेको बैजनाथ गाउँपालिका ३ नौबस्तास्थित कन्हवा ताल विस्तार गरिने भएकाे छ ।
गौमुखी भ्रमण वर्ष सुरु
गौमुखी गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले गौमुखी भ्रमण वर्षको सुभारम्भ गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार उक्त भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र उद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रूपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभएको छ ।
वनदेवीको पूजा गरेर चितुवाको खोजी
बुधबार बिहान ७ वर्षीया बालिका सायरा थारूलाई आक्रमण गरी मार्ने चितुवा फेला नपरे पछि शनिबार स्थानीय परम्परा अनुसार वनदेवीको पूजा गरेर चितुवाको खोजी कार्य सुरु गरिने भएको छ ।
विपद् प्रतिकार्यको योजना पहिलो प्राथमिकतामाः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद् प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला
जानु पाण्डेकपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक [एसपी] निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
चोली राम्रो पाल्पाली ढाकाको
कामको खोजी गर्दै भारतको दिल्ली पुगेका पाल्पाका गणेशमान महर्जनले कपडा बुन्ने सिप त्यतै सिक्नुभयो ।
नयाँ बजेटले ल्यायो उत्साह
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो । अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत गर्नुभएको नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेटमा यही क्षेत्रमा एक दर्जनभन्दा नयाँ तथा पुराना योजना परेका छन् ।
‘नेपाली चलचित्र समृद्धिको यात्रामा’
अभिनेता राजेश हमालसहित ‘नरसिंहा अवतार’ चलचित्रको टोलीले बाँके जिल्लामा स्थानीय पत्रकारसँग अन्तर्क्रिया गरेको छ ।
चरेश मुद्दाका फरार व्यक्ति २० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई निवासी सत्यकुमार श्रेष्ठलाई चरेश मुद्दामा सजाय पाएको २० वर्षपछि पक्राउ गरिएको हो।
रैथाने उत्पादन जोगाउनका लागि ‘कृषि जैविक विविधता मेला’
रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ ।
बजेट समयानुसार प्रगतिशील छ : सांसद भण्डारी
नेपाली कांग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर–१ सङ्घीय सांसद डा. चन्द्र भण्डारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको बजेट समयानुसार प्रगतिशील रहेको बताउनुभएको छ।
पाँच लाख भारतीय रुपियाँसहित दुई पक्राउ
पाँच लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ परेका छन् । भारतीय नम्बरको गाडीमा भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका एक भारतीय र एक नेपालीसहित दुई जनालाई प्रहरीले नेपालगन्जको जयसपुरबाट नियन्त्रणमा लिएको हो ।