सिराज खान
नेपालगन्ज, जेठ १६ गते। जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अपराधीलाई २० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर दुई निवासी सत्यकुमार श्रेष्ठलाई चरेश मुद्दामा सजाय पाएको २० वर्षपछि पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बाँके जिल्ला अदालतको मिति २०६२ भदौ २७ गतेको फैसलाले राप्ती सोनारी दुई निवासी श्रेष्ठलाई दुई वर्ष कैद सजाय तोकेपछि उहाँ फरार रहनु भएकोले अहिले पक्राउ गरिएको बताउनुभयो।
उहाँले चरेश मुद्दामा सजाय पाएर फरार रहनु भएका श्रेष्ठलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको जानकारी दिनुभयो।
अदालतबाट सजाए पाएका तर फरार रहेका अपराधीको खोजतलाश अभियाननै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले सानो समयमा धेरै फरार अपराधी पक्राउ गर्न सफल भएको जनाएको छ।