• २० जेठ २०८२, मङ्गलबार

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

blog

रुपन्देहीको रोहिणीमा सञ्चालन भएको नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग । तस्बिर : न्यूज एजेन्सी नेपाल

रुपन्देही, जेठ १८ गते । रुपन्देहीको रोहिणीमा स्थापित नेपालकै ठुलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ ।

भैरहवाका उद्योगी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड लगानीमा रोहिणी गाउँपालिका ४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उद्योगले हाल रत्नम ब्राण्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ । उद्योगको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।  

नेपालमा वार्षिक पाँच लाख ३० हजार मेट्रिक टन रासायनिक मलको माग छ । रासायनिक मल खरीदमा मात्रै मुलुकको झण्डै ४० अर्ब रुपियाँ खर्च हुने गरेको छ ।