• २३ जेठ २०८२, शुक्रबार

सञ्चार समन्वय परिषदलाई प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक छ: मुख्यमन्त्री आचार्य

blog

सन्तोष दहित

दाङ, जेठ १४ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार समन्वय परिषदलाई व्यवस्थित र प्रभावकारी बनाउन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ।

बुधबार राप्ती उपत्यकास्थित देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रको विकासका लागि ऐन संशोधन गरेर समाधान गरिने स्पष्ट पार्नुभएको हो।

भेटमा पूर्व अध्यक्ष अर्यालले सञ्चार समन्वय परिषद्को भूमिका विस्तार गर्दै मिडिया क्षेत्रको सशक्तिकरणमा ध्यान दिन आग्रह गर्नुभएको थियो।

सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य गणेश ज्ञवाली, सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा (मिलन), पूर्व केन्द्रीय सचिव भरत केसीलगायत सहभागी हुनुहुन्थ्यो।