नारद कोहार
तौलिहवा (कपिलवस्तु), जेठ ४ गते । कपिलवस्तुको निग्लिहवामा पोखरीको माटो निकाल्ने क्रममा अर्घसहितको मध्यकालीन शिवलिङ्ग फेला परेको छ । कपिलवस्तु नगरपालिका–९ स्थित निग्लिहवागाउँको उत्तरतर्फ रहेको एक पुरानो पोखरीबाट माटो निकाल्ने क्रममा ऐतिहासिक तथा धार्मिक महत्त्वको उक्त शिवलिङ्ग फेला परेको हो ।
स्थानीय वीरेन्द्रकुमार उपाध्यायले पोखरीबाट माटो निकालेर खेतमा हाल्ने क्रममा शिवलिङ्ग फेला परेको बताउनुभयो । फेला परेको शिवलिङ्गलाई पुरातìव विभागको जिम्मा लगाउने कि स्थानीयले संरक्षण गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय रामदत्त कुर्मीले भन्नुभयो, “शिवलिङ्गको ऐतिहासिक महìवलाई ध्यानमा राखेर यसको संरक्षण गरिनुका साथै गहिरो अनुसन्धान हुनुपर्ने देखिन्छ । पुरातìव विभाग तथा सम्बन्धित निकायद्वारा यथाशीघ्र अध्ययन र संरक्षण प्रक्रिया थालिनु पर्छ ।”
कपिलवस्तु सङ्ग्रहालयकी प्रमुख शान्ति सेर्माका अनुसार स्थानीयवासीले पोखरीबाट माटो निकाल्ने क्रममा भेटिएको शिवलिङ्ग मध्यकालीन समयको हुन सक्ने अनुमान गरिएको छ । उहाँले शिवलिङ्ग र त्यससँगै भेटिएको अर्घले मध्यकालमा सो स्थानमा मन्दिर हुन सक्ने अनुमान गरिएको बताउनुभयो । भेटिएको शिवलिङ्गबारे संरक्षणका लागि स्थानीयसँग छलफल भइरहेको उहाँको भनाइ छ ।
शिवलिङ्ग भेटिएको पोखरीमा बिस्तारै माटो भरिएर पुरिँदै गएकाले त्यस अन्तर्गत पुराताìिवक संरचना पुरिएको हुन सक्ने अनुमान गरिएको छ । भेटिएको शिवलिङ्गको संरचना अर्घसहितको तल्लो भागको गोलाइ पाँच फिट छ इन्च, दोस्रो भागको गोलाइ ४५ इन्च, माथिल्लो र तल्लो भागबिचको फरक तीन इन्च रहेको छ । शिवलिङ्गको उचाइ (माथिको भाग) १६.५ इन्च र चिप्लो भागको गोलाइ ५.५ इन्च रहेको सङ्ग्रहालयकी प्रमुख शान्ति सेर्माले जानकारी दिनुभयो ।