• ३ जेठ २०८२, शनिबार

आँप टिप्न गएकी बालिकाको मृत्यु

blog

नारद कोहार

तौलिहवा (कपिलवस्तु), जेठ २ गते । कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ । आँधी हुरी आएको बेला बगैचामा आँप टिप्न गएको बेलामा रुखले च्यापेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार बगैँचामा आँप टिप्नेक्रममा रुखले च्यापेर एक बालिकाको मृत्यु भएको बताउनुभयो । कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवा बस्ने गयाप्रसाद केवटकी १४ वर्षिया छोरी विद्यावती केवटको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । केवटको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा ल्याइएको प्रहरीको भनाइ छ ।