• २९ वैशाख २०८२, सोमबार

माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु

blog

फाउन्डेसन खन्दा खसेको माटोको ढिस्को ।

जानु पाण्डे

कपिलवस्तु, वैशाख २८ गते । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । नेवलागन्जमा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेसन खन्ने क्रममा आइतबार बिहान करिब ११ बजे माटो खस्दा दुई जना कामदार पुरिएका थिए । उहाँहरूलाई उपचारका लागि शिवराज आधारभूत अस्पताल पुर्‍याइएकाे थियो ।

पुरिएका मध्ये स्थानीय ३० वर्षीय केशव थापाको मृत्यु भएको शिवराज आधारभूत अस्पताल चन्द्रौटाले जनाएको छ । घटनामा ४८ वर्षीय सर्जुलाल चौधरी गम्भीर घाइते हुनुभएकाे छ । उहाँलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।