थारू हस्तकला सङ्कटमा
थारू समुदायको हस्तकला अहिले सङ्कटमा परेको छ । कुनै बेला हस्तकलाको धनि समुदायको रूपमा चिनिएका थारू समुदाय अहिले भने हस्तकला सङ्कटमा परेको हो ।
एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव सम्पन्न
काडमाडाैँ, वैशाख २२ गते । चौथो एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव २०२५ सम्पन्न भएको छ । लुम्बिनीमा आयोजना भएको सम्मेलन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र प्रवचन र विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो । तीन दिनसम्म चलेको महोत्सवमा विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरू र संस्कृति अनुरागीहरूको सहभागिता थियो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन, अध्यात्म र शान्तिको केन्द्रका रूपमा अझ सुदृढ बनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पर्यटन मन्त्री, प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरूको सहभागिता थियो । यस महोत्सवमा चीन, थाइल्यान्ड, श्रीलङ्का, क्याम्बोडिया, म्यानमार, भुटान, जापान, दक्षिण कोरिया, भारत लगायत ५० भन्दा बढी राष्ट्रका प्रतिनिधि सहभागी थिए। महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फ़ाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष, चाइनिज कल्चर प्रोमोशन सोसाइटी, लुम्बिनी विश्वविद्यालय, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो। सारीपुत्र फ़ाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरु भएको थियो र त्यसयता श्रीलङ्का, थाइल्यान्ड हुँदै यस पटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो। यस आयोजनाले लुम्बिनीको मात्र नभई रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको बताउनुभयो। यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्याउने अपेक्षा गरिएको बताउनु भयो।यसै गरी उक्त महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र नभई ,विश्व समुदायमा नै करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयास भएको पनि बताउनुभयो। महोत्सवको पहिलो दिनको, साँझमा लिटिल बुद्धको परिसरमा आयोजित “महादीप प्रज्वलन कार्यक्रम” विशेष आकर्षण बनेको थियो । सारिपुत्र फाउन्डेसन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित यस कार्यक्रममा ६० हजार बत्ती बालिएको थियो, जसले करुणा, शान्ति र एकताको सन्देश विश्वभर फैलाएको थियो। हजारौँ भिक्षु, भिक्षुणी, अतिथि तथा भक्तजन यस अवसरमा उपस्थित थिए।हालै म्यानमारमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पका पीडितहरूप्रति श्रद्धाञ्जली र प्रार्थना पनि गरिएको थियो।
भ्यानको ठक्करबाट शाहीको मृत्यु
सिराज खान नेपालगन्ज, वैशाख २२ गते । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई रिक्सा चालक कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी लक्ष्मी खनालले आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराउँदै गर्दा उपचारका क्रममा राती मृत्यु भएको बताउनुभयो । उहाँले सो दुर्घटना कोहलपुर १ कौशिला नगरका ३२ वर्षीय लक्ष्मण शाहीले चलाएको म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा भएको बताउनुभयो ।घटनापछि प्रहरीले म्याजिक भ्यानका चालक शाहीलाई नियन्त्रणमा लिएको छ भने घट्नाको थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाउनुभयो । उहाँले दुवै सवारी साधनको गति र सावधानीको कमीले दुर्घटना हुन पुगेको सिसी टिभीको फुटेजबाट देखिएको बताउनुभयो ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री गाउँमै
नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ ।
‘जनताको सिधा पहुँच आवश्यक छ’
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनुभएको छ ।
गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी
वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो ।
प्रदेशको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ ।
मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अध्यक्षमा हारुन हलवाई निर्वाचित
नेपालगन्जमा सम्पन्न भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनले बाँकेका मोहम्मद हारुन हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
देशमा आर्थिक र सामाजिक रूपान्तरण जरुरी : महासचिव गुरुङ
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशमा अब आर्थिक र सामाजिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको बताउनुभएको हो।
गुल्मीबाट कक्षा १२ को परीक्षामा तीन हजार बढी परीक्षार्थी सहभागी
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि तीन हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन्।
शिक्षकलाई खुँडा हान्ने विद्यार्थी पक्राउ
दाङमा प्रहरीले शिक्षकलाई खुँडा प्रहार गरेर फरार भएका विद्यार्थीलाई पक्राउ गरेको छ ।
सरावलमा थारू सङ्ग्रहालय निर्माण हुँदै
नवलपरासी पश्चिमको सरावल गाउँपालिका वडा २ मनरीमा अवस्थित थारू सांस्कृतिक पार्कमा थारू सङ्ग्रहालयको निर्माण कार्य सुरु भएको छ ।
चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरणबाट सेवाग्राही लाभान्वित
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट पहिलो पटक चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताउनुभएको छ ।
असारे विकास अन्त्य गर्ने अभियान
रूपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असारमा विकास निर्माणको काम गर्ने असारे विकासको प्रवृत्ति अन्त्य गर्न यो वर्ष वैशाख २५ भित्रै योजना सम्झौता गरिसक्ने निर्णय गरेको छ ।
पर्यटकीय सम्भावनाको खोजी गरिँदै
बुटवल क्षेत्रको विकासमा पर्यटकीय सम्भावनाको खोजी गर्न थालिएको छ ।
‘मुस्लिम समुदायलाई अवसर सुनिश्चित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदाय सरकारी सेवामा प्रवेशका लागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताउनुभएको छ ।
भूमिहीन सुकुमवासीले पाए लालपुर्जा
बाँकेको कोहलपुरका भूमिहीन दलित र भूमिहीन सुकुमवासीले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । कोहलपुर नगरपालिका–११ स्थित शीत भण्डारमा शनिबार कोहलपुर नगरपालिका–१ का ११४ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
सङ्कटमा ढाका उद्योग
बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो ।
लाखौँको काफल बिक्री गर्छन् किसान
पाल्पाको माथागढी गाउँपालिकाभित्रका किसानले वार्षिक ६० लाख रुपियाँको काफल बिक्री गर्दै आएका छन् । माथागढीको वडा नं. ४ र ३ का स्थानीय बासिन्दाले हरेक वर्ष ६० लाख बढीको काफल बिक्री गर्दै आएका हुन् ।
माछाका परिकार बनाउने तालिम
माछाको हबका रूपमा विकास भएको छपिया क्षेत्रसहित रुपन्देहीका होटेल व्यवसाय र उद्यमीलाई माछाका परिकार बनाउन सिकाइएको छ ।
राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा
राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा निर्वाचित हुनुभएको छ । शनिवार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
विकास विरोधीले सरकार बारे भ्रम फैलाए : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको दाबी गर्नुभएको छ।
‘देशको जिम्मेवारी तरुणको काँधमा छ’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताउनुभएको छ ।