राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा
राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा निर्वाचित हुनुभएको छ । शनिवार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
विकास विरोधीले सरकार बारे भ्रम फैलाए : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको दाबी गर्नुभएको छ।
‘देशको जिम्मेवारी तरुणको काँधमा छ’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन
गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिबल खेलाडी ५५ वर्षीय बद्रीप्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी हुनु भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
नीतिगत व्यवस्था कार्यान्वयन कमजोर हुँदा समस्या
यौनिक तथा अल्पसङ्ख्यक समुदायका लागि राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पक्ष कमजोर रहेको अभियन्ताहरुले बताएका छन् ।
चन्द्रकोटको प्रशासकीय भवन निर्माणमा ढिलाई
गुल्मीको चन्द्रकोट गाउँपालिकाले कार्यालय सञ्चालन बापत मासिक एक लाख १९ हजार रुपियाँ भाडा बुझाउँछ । अहिलेसम्म चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट कार्यालयको सेवा प्रवाह गर्दै आएको छ ।
महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा
पाल्पामा उत्पादन भएको ढाकाले नेपाल मात्र नभई विश्व बजारमा पहिचान बनाउन सफल भएको छ भने बर्दियामा महिलाहरुले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ ।
प्रतापपुर गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने
नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयलले शनिबारदेखि आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ ।
मदन भण्डारी राजमार्ग कालोपत्रे
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम हुँदै छन् । मदन भण्डारी
रोल्पामा एमबिबिएस चिकित्सक पठाइने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पाको त्रिबेणि गाउँपालिकामा एमबिबीएस चिकित्सक पठाउने भएको छ ।
पहुँच युक्त संरचना निर्माणमा बिशेष ध्यान : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपाङ्गतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पोखरीमा दाजुभाइ मृत फेला
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् । आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।
मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने
शनिबार र आइतबार नेपालगन्जमा आयोजना गरिने नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको जनाइएको छ।
राप्ती साहित्य परिषदद्वारा २४ जना स्रष्टा सम्मानित
राप्ती साहित्य परिषद् दाङको वार्षिकोत्सवको अवसरमा प्राडा. बाबुराम आचार्यसहित २४ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित हुनुभएको छ ।
नदीमा डुबेर बालकको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारीअनुसार आफ्नो एक जना साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउन र पौडी खेल्न गएका राप्ती सोनारी गाउँपालिका –३ बैंसा निवासी यज्ञबहादुर बिकको कान्छो छोरा १३ वर्षको सफर बिकको डुबेर मृत्यु भएको हो ।
गुल्मीमा औषधी व्यवसायी सङ्घको भवन उद्घाटन
नेपाल औषधी व्यवसायी सङ्घ गुल्मी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
युपिआरबारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
आठ वर्षमा पनि पूर्णता पाएन दुई हजार मिटर सडकले
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो ।
पाहुना कुर्दै रेमी सामुदायिक होमस्टे
उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ ।
प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माण
१२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ ।
असिना पानीले तरकारी बालीमा क्षति
बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको छ ।
गुल्मीमा एसइईको उत्तरपुस्तिका परीक्षण
गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएपछि उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण गर्नका लागि अभिमुखिकरण गरिएसँगै उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको हो ।
प्युठानमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै
जिल्लामा पछिल्लो समय रक्तदान गर्ने व्यक्ति बढ्दै गएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्न थालेका हुन् ।
सञ्चालनमा आएनन् विद्युतीय बस
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् ।