• २० वैशाख २०८२, शनिबार

पोखरीमा दाजुभाइ मृत फेला

blog

दाजुभाइ मृत फेला परेको स्थान ।

कल्पना खरेल

नवलपरासी पश्चिम, वैशाख १९ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् । आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् । 

मृत्यु हुनेमा सुनवल –६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो । साँझ ५ बजे पोखरीमा एक मृत बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । 

पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो । उनीहरु दुवै  जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।