शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस ६ गते । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू तथा जेन–जी युवा पुस्ताका मागहरू गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम दिँदै माग पूरा गर्न गम्भीर नबने निर्वाचन अवरुद्ध गरिने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई वार्ताको नाममा आफूहरूलाई जिस्क्याउने काम नगर्न आग्रह गर्नुभयो ।
प्रसाईंले नागरिक बचाउ अभियानका मागहरूमा हाल ६० भन्दा बढी राजनीतिक दल र जेन–जी युवा पुस्ताको समर्थन रहेको दाबी गर्नुभयो । उहाँले सरकार माग पूरा गर्न तयार भए मात्र देशमा निर्वाचन सम्भव हुने उल्लेख गर्नुभयो ।
उहाँले पुस १० गतेसम्म माग पूरा गर्न तत्परता नदेखाए निर्वाचन हुन नदिने चेतावनी पनि दिनुभयो ।