बिपी जयन्तीमा खुला म्याराथन
भैरहवामा खुला म्याराथनको उपाधि धनु मानन्धरले जित्नुभएको छ । १११ औँ बिपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस, रुपन्देहीले सोमबार भैरहवामा खुला म्याराथन आयोजना गरेको हो ।
नरैनापुरका एक बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि
बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएपछि सो क्षेत्रमा जापानी इन्सेफलाइटिस पनि फैलिएको हुन सक्ने आशङ्का बढेको हो ।
खुला मिनी म्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।
जनशक्ति र उपकरण पायो, स्वीकृति पाएन
कोरोना सङ्क्रमणकालमै स्थापना भएको तुलसीपुर भीमसेन मेट्रो अस्पताल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकारले सञ्चालनमा ल्याएको अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्नका लागि प्रदेश सरकारसँग स्वीकृति लिनु पर्छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको भीमसेन मेट्रो अस्पतालमा शल्यक्रिया र प्रसूति सेवाका लागि विशेषज्ञ जनशक्ति र उपकरण पर्याप्त छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहुले सर्जरी, सर्जरी स्क्रिनिङलगायत विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण पर्याप्त रहेको बताउनुभयो ।
बन्द हुने उद्योगको सङ्ख्या बढ्दै
पाल्पामा दर्ता हुने नयाँ उद्योगको तुलनामा बन्द हुने उद्योगहरूको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षयता बन्द हुने उद्योगहरूको सङ्ख्या निरन्तर बढेको हो । नयाँ उद्योग थप हुने क्रम घटेको छ ।
असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय
तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।
जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने
नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो ।
चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ।
लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान
लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ। रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो।
कार्यान्वयनमा आयो प्रदेश सरकारको निर्णय : पूर्व मुख्यमन्त्रीको गाडी फिर्ता
लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिनुभयो।
झाडापखालाका बिरामी बढेपछि छुट्टै उपचार कक्ष
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।
एक करोड ८१ लाखको खसीबोका बिक्री
जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको हो ।
साहित्यकार रिजाल र शाहलाई पशुपति शाह स्मृति पुरस्कार प्रदान
उहाँले यो क्षेत्रका साहित्यकारहरुले कृति प्रकाशित गर्ने क्रममा पनि तिव्रता दिएकोमा साहित्यको विकासमा यसले ठुलो योगदान गरेको बताउनुभयो ।
अटो इन्जिनियरिङ कलेज स्थापना गर्न प्रतिवेदन सार्वजनिक
बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’स्थापना गर्ने योजना अगाडि बढाएको छ ।बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो ।
थारु समुदायमा अटवारी पर्व मनाइँदै
थारु बाहुल्य जिल्लामा आज अटवारी पर्व धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् ।
प्युठानमा ४० हजार व्यक्तिलाई कोभिडविरुद्ध खोप लगाउँदै
जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य कार्यालय प्युठानले यहि भदौ २६ गतेदेखि जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
तानसेन बजार
पाल्पाको सदरमुकाम तानसेन बजार र पृष्ठभूमिमा हरियाली श्रीनगरडाँडा ।
‘लामखुट्टे नष्ट गर’ अभियान
बुटवल उपमहानगरपालिकामा यो वर्ष सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी डेङ्गुको जोखिम बुटवलमा छ । गत साउन महिनामा मात्रै बुटवलमा ९१ जनामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । त्यसपछि तिलोत्तमा र भैरहवामा डेङ्गुको जोखिम उच्च छ । डेङ्गु सङ्क्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ । रुपन्देहीमा पछिल्ला समय डेङ्गु सङ्क्रमण बढ्न थालेपछि बुटवलसँगै रुपन्देहीका पालिकामा डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
जनउत्तरदायी सेवा प्रवाहको आग्रह
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ । निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्ला प्रशासन कार्यालयद्वारा शनिबार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सेवा प्रवाहलाई चुस्त, छिटोछरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नुभएको हो ।
झाडाबाट थप दुई जनाको मृत्यु
बाँकेका केही पालिकामा देखिएको झाडा पखालाबाट थप दुई जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, सोनवर्षाका निर्मला पासी र जानकी गाउँपालिका–५, बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि नरैनापुर गाउँपालिका–३, गेग्ली गाउँमा पखाला लागेर पानीको कमीले गर्दा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको थियो । थप दुई जनाको मृत्यु भएपछि बाँकेमा पखालाबाट मर्नेको सङ्ख्या छ पुगेको छ । पखालाका कारण नरैनापुर–६, सोनवर्षा निवासी निर्मला पासीको मृत्यु भएको नरैनापुर–६ स्थित गङ्गापुर स्वास्थ्यचौकीका इन्चार्ज भरतराज बुढाथोकीले बताउनुभयो भने जानकी–५, बेलहरीका होली तेलीको पनि पखालाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो ।
राठौरलाई उद्यमशील पुरस्कार
नेपालगन्जकी लघुउद्यमी अनुजासिंह राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको ‘डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । लुम्बिनी प्रदेशभर रहेका करिब एक लाख महिला लघुउद्यमीलाई पछाडि पार्दै नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्रा निवासी राठौरले नगद ५० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
बाँकेको कोहलपुरमा धुलो दुध कारखाना स्थापनाको पहल
बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा धुलो दुध कारखाना (पाउडर प्लान्ट) स्थापना गर्ने पहल सुरु गरेको छ ।
आइटिएफ तेक्वान्दोमा लुम्बिनीको वर्चश्व
‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ ।
गुल्मी कारागारमा पुस्तकालय स्थापना
जिल्ला कारागार गुल्मीमा पुस्तकालय स्थापना गरिएको छ । विभिन्न समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन हुँदा यहाँका कैदीबन्दीले माग गरे बमोजिम पुस्तकालय स्थापना गरिएको हो ।