टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २० गते । गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिबल खेलाडी ५५ वर्षीय बद्रीप्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी हुनु भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उहाँ विसं. २०२७ सालमा जन्मिनु भएको थियो ।
नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशका भलिबल प्रतियागिता खेल्नु भएका श्रेष्ठको निधनले जिल्लावासी शोकमा डुवेका छन् । उहाँका श्रीमती र छोराछोरी रहेका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टिको तयारी भइरहेको अस्पतालमामा रहनु भएको गगन केसीले जानकारी दिनुभयो । देशकै भलिबल खेलको विकासमा योगदान पुर्याउनु भएको श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिबल सङ्घ गुल्मीका महासचिव नारायण आचार्यले बताउनुभयो ।