लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।
राजनीतिक आधारमा समाजलाई बिगार्ने अधिकार कसैलाई छैन : नेता भण्डारी
नेपाली कांग्रेस प्रभावशाली नेता डा. चन्द्र भण्डारीले समाज, संस्कृति र सम्बन्ध राजनीतिक आधारमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकाे सिटी स्क्यान प्रयोगविहीन
लामो समयदेखि बन्द रहेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान लगायतका महत्वपूर्ण उपकरण अझै पनि सञ्चालनमा आएका छैनन् ।
अर्घाखाँचीमा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप शितगंगा नगरपालिका वाड–१२ हिलेखोलामा दुर्घटना एक जनाको मृत्यु भएको हो ।
बाँकेमा औलो रोगको जोखिम कायमै
बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।
प्रशासकीय भवन अलपत्र
निर्माण कम्पनीका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवन अलपत्र परेको छ । २०७७ साल असोज ३० गते ठेक्का सम्झौता भई २०७७ पुस ९ गते शिलान्यास भएको भवन अलपत्र अवस्थामा पुगेको हो । न्यायिक इजलाससहितको सुविधा सम्पन्न भवन बन्ने गरी वडा नम्बर ५, छत्रगन्जमा निर्माणाधीन भवनको पाँच करोड ३० लाख ४७ हजार रुपियाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भए पनि भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।
खादा प्रयोग पूर्णरुपमा निषेध
गुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।
छाडा चौपायका कारण बाँकेमा १९ दुर्घटना, एक जनाको मृत्यु
बाँके जिल्ला र नेपालगन्ज सहरका लागि छाडा पशुचौपाया नयाँ समस्या होइन। तर, लामो समयदेखि यो समस्याको स्थायी समाधान नगरिंदा दुर्घटना बढ्दै गएका छन्।
लुम्बिनी प्रदेशका विवादित वन मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु
कपिलबस्तुको यशोधरा गाँउपालिकाको मर्सैया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : मुख्यन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ।
आत्महत्याका घटना बढ्दै
बढ्दो आत्महत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम हुन सकेका छैनन् ।
गुल्मी दरबारमा आज शोक बिदा
गुल्मी दरबार गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
जुम्ली स्याउको भाउ घट्याे
एक महिनाअघि नेपालगन्ज बजारमा जुम्ली स्याउ आउँदा प्रतिकिलो २०० देखि २२० रुपियाँसम्म बिक्री वितरण भएको फलफूल व्यापारी पप्पु कुरेसीले बताउनुभयो ।
दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
पश्चिमका तीन प्रदेशका बिरामीहरुले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ ।
दमौलीमा छ दिन विद्युत् सेवा अवरुद्ध हुने
तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको कममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक सात घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।
बादलुको घुम्टोमा घोराही बजार
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य ।
बुटवल–गोरुसिङ्गे सडक विस्तार, सात हजार रुख काटिने सत्तरी हजार रोपिने
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ । यसै गरी सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ ।
अमेरिकाको कमाइ स्वदेशका विपन्न परिवारलाई
अमेरिका पुग्नु, सम्पत्ति कमाउनु र भविष्य सुनिश्चित बनाउने अधिकांश व्यक्तिको चाहना हुन्छ तर अमेरिका पुगेर र जन्मभूमिका लागि मरिमेट्ने मानिस बिरलै भेटिन्छन् । बाँकेको खजुरा गाउँपालिका–४ का लिलबहादुर थापा बिरलै भेटिने मानिसमध्ये एक हुनुहुन्छ । सत्र वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका पुग्नुभएका थापाको कमाइको अधिकांश हिस्सा विपन्न समुदायका व्यक्तिको सहयोगमा खर्च हुने गरेको छ । अमेरिकामा कमाएको मध्ये करिब १० करोड रुपियाँ उहाँले यसरी नै विपन्न समुदायका व्यक्तिलाई सहयोग गरेर खर्च गर्नुभएको छ ।
घोराहीमै एमबिबिएस पढाइ हुने
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार एमबिबिएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानले करिब सात वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । प्रतिष्ठानले पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको छ ।
लुम्बिनीमा प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत
लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
बाँके र बर्दियामा थारु समुदायको अटवारी सम्पन्न
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ। दुवै जिल्लाका थारु बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो।
व्यवसायीलाई खाद्य स्वच्छता सचेतना
रुपन्देहीका व्यवसायीका लागि बुटवलमा खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । करिब १ सय जना व्यवसायीलाई समेटेर खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।