जुभुङ्ग र बलिथुम जोड्न पक्की पुल निर्माण हुँदै
गुल्मीदरवार गाउँपालिका –१ र २ जोडन् पक्की पुल निर्माणको काम अघि बढेको छ । सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणको काम भइरहेको छ ।
लुम्बिनी प्रदेशका ६६ प्रहरी एकाइ भाडाकै भवनमा
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रहेका तीन सय २२ प्रहरी एकाइमध्ये ६६ वटा एकाइ भने अझै भाडाबाटै सेवा दिइरहेका छन् ।
गुल्मीका स्थानीय तहलाई दुई अर्बभन्दा बढी अनुदान
आगामी आर्थिक वर्ष २०८२–०८३ मा गुल्मीका स्थानीय तहले अनुमानित दुई अर्बभन्दा बढी अनुदान पाउने भएका छन् ।
सरंक्षणको अभावमा कृत्रिम जलासय
नवलपरासी पश्चिमस्थित सुनवल ४ दामोदरकुण्डबाट करिब २ किलोमिटर उत्तरमा वि.स. २०७५-०७६ सालमा कृत्रिम जलासय (सिमसार) निर्माण गरिएको छ । ४ विघा क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रलाई राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको ७० लाखको बजेटमा कृतिम जलासय (सिमसार) निर्माण गरिएको हो ।
लुम्बिनीका सामाजिक विकासमन्त्रीद्वारा अनाथ बालबालिका पोशाक वितरण
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले अनाथ तथा असहाय बालबालिकालाई पोशाक वितरण गर्नुभएको छ ।
नेपाल–भारत जमुनाहा नाकामा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँचमा कडाइ
भारतको कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कारी हमलापछि यहाँस्थित नेपाल–भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा कडाइ सुरु गरेको छ ।
वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सधैँ दुर्घटना
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बन्न नसक्दा बर्सेनि दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ ।
जनशक्ति कम, सेवाग्राहीको चाप बढ्दै
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हरेक वर्ष ५० हजारका दरले सेवाग्राही थपिँदै गए पनि सेवा दिने जनशक्ति बढ्न सकेको छैन ।
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
दाङ, वैशाख १२ गते । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।
विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ ।
चन्द्रकोटको तेस्रो अध्यक्ष कप भलिबल सुरु
गुल्मीको चन्द्रकोटमा गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।
बादी तथा गन्धर्व समुदायका महिलालाई सिलाइकटाइ तालिम
बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।
दाङका सामुदायिक विद्यालयमा भर्ना सुरु
विद्यार्थी भर्ना अभियालाई बेवास्ता गर्दै देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा होमिरहेका बेला दाङका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
तुलसीपुरमा जग्गा नापजाँच सुरु
तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ ।
पण्डितपुरमा भेटियो इँटाका पुरातात्त्विक सामग्री
रामग्राम– १८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा जमिनमुनि थप संरचनाहरू भेटिएका छन् । ती संरचनाहरू बुद्ध सँग सम्बन्धित भएको पुरातत्त्व विभागले जनाएको छ ।
सुदिपको शव बुटवल ल्याइयो
छविलाल पाण्डे बुटवल, वैशाख ११ गते । भारतको जम्मु कश्मीरमा आतङ्कवादी हमलामा परी मृत्यु भएका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ मा बसोबास गर्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको आजै दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् । सुदिप सहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु काश्मीर घुम्न घरबाट भारततर्फ प्रस्थान गरेका थिए । बुटवल उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष तथा सुदिपका माइलो बुवा दधिराम न्यौपानेका अनुसार नयाँ दिल्लीबाट लखनउसम्म जहाजमा र त्यहाँबाट एम्बुलेन्समा सुदिपको शब बुटवलसम्म ल्याइएको हो । उहाँले सुदिपको आजै दाहसंस्कार गर्ने तयारी भइरहेको बताउनुभयो । जम्मू–कश्मीरस्थित पहलगाममा मङ्गलवार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका थिए ।
कैदीबन्दीको उपचारमा समस्या
बर्दिया कारागारमा औषधी उपचारका लागि बजेट अभाव भएको छ । कारागारमा भएका कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार खर्च नआउँदा उपचारमा समस्या भएको हो ।
नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषय
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
कृषिमै भविष्य खोज्दै नौ युवा
पछिल्लो समय कृषि क्षेत्रमा व्यावसायिक लगानी गर्ने कम हुँदै गएका छन् । यस क्षेत्रमा लाग्नेभन्दा छोड्नेको सङ्ख्या बढिरहेका बेला धुर्कोट गाउँपालिका–५ को वस्तु गानटारीमा नौ जना युवाले सामूहिक कृषि सपना अगाडि बढाएका छन् ।
कश्मिरमा मारिएका सुदीपको शव नेपाल ल्याइने
काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव ल्याइने व्यवस्था भएको हो।
नेपाल पुलिस लुम्बिनी कपको फाइनलमा
पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
कश्मीर हमलामा एक नेपालीकाे मृत्यु
बुटवल उपमहानगरपालिका-१४ बेलभरिया घर भई बुटवल-११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मु-कश्मीरकाे आतङ्कवादी हमलामा परी मृत्यु भएको छ ।
विशिष्टीकृत सेवामा फड्को मार्दै भेरी अस्पताल
नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ ।