सात वर्षमा पनि निर्माण भएन सडक
बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।
संसदीय टोलीद्वारा सेजको अनुगमन
सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिको टोलीले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत अनुगमन गरेको छ ।
हीरक महोत्सव मनाएको विद्यालय, विद्यार्थी टिकाउनै सकस
ढुङ्गाकै गारो, ढुङ्गाकै छानो । कमेरो र रातो माटोले पोतिएको गाउँकै पुरानो घरको झल्को दिन्छ भार्से जनसहयोग माध्यमिक विद्यालयले । विद्यालय भवनसहित छात्रावास, अतिथिगृहलगायतका पुराना संरचना पनि थिए तर ती संरचना समयसँगै भत्किएर गए ।
गुल्मीमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु
गुल्मीका १६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर शनिबार र आइतबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।
जिप्रका बाँकेले सार्वजिक बिदामा पनि सेवा प्रवाह गर्ने
जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा
बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ ले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा सुरु गरेको छ । गुलरिया नगरपालिका १ नं. वडा कार्यालय र खैरापुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा नागरिकको घरघरमा पुगेर ७० वर्ष उमेर पुगेका नागरिकका लागि घरघरमा स्वास्थय सेवा सुरु गरेको हो ।
चैते धान रोप्न व्यस्त दाङका किसान
भूगोलका दृष्टिले विकट मानिने बंगलाचुली गाउँपालिकाअन्तर्गत अर्जुनखोला र सुकाखोलाका फाटहरु कृषिका लागि भने उर्भर भूमीका रुपमा रहेका छन् । वर्षाको समयमा यातायात सुविधाबाट बञ्चित हुने यी ठाउँका स्थानीयलाई कृषिका लागि अर्जुनखोला र सुकाखोला बरदान सावित भएका छन् ।
नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ ।
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार
बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।
छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक
लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ
हुलाकी सडक: पटक पटक म्याद थपेर पनि अलपत्र
विकास अधिकारीनवलपरासी पश्चिम, वैशाख ६ गते । नवलपरासीमा पटक–पटक म्याद थप गर्दा समेत हुलाकी सडकको काम पुरा नहुँदा यात्रु र सडक छेउछाउका स्थानीयलाई समस्या भएको छ । जिल्लामा तिन खण्डमा विभाजन गरेर हुलाकी सडक निर्माणको काम भइरहेको छ । दुरीको हिसाबले लामो नभए पनि ठेकेदारको लापरबाहीका कारण सडक विस्तारको काम पुरा हुन सकेको छैन । सडक जीर्ण हुँदा आउजाउमा समस्या भएपछि स्थानीय जनप्रतिनिधि समेत आन्दोलित भएका थिए, काम पुरा गर्ने सर्तमा आन्दोलन फिर्ता लिए पनि काम सुरु हुन सकेको छैन । तिन पटक म्याद थप गर्दा समेत बर्दघाटको नारायण चोक देखी पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणी सम्म जोड्ने १६ किलोमिटर सडकको निर्माण पुरा भएको छैन । २०७६ सालको मङ्सिरमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको हाल सम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति छ । ब्रजगुरु महालक्ष्मी जेभिले उक्त सडक विस्तारको लागी ४९ करोडमा ठेक्का पाएको थियो । तिन पटक सम्म दिइएको म्याद गत चैत्र २० गते सकिएको छ तर ठेकेदारले काम गर्ने छाँटकाँट देखाएको छैन । हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका अनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । कार्यालयका इन्जिनियर पवित्र मणि आचार्यले विभाग सँगको छलफल अनुसार ठेक्का तोड्नु पर्ने राय सहितको पत्राचार सडक विभागमा पठाइएको जानकारी दिनुभयो । तर विभागले लामो समय भइसक्दा समेत जवाफ दिएको छैन । पटक पटक ठेकेदार पक्षसँग छलफल गरेर काम सुरु गर्ने प्रयास भए पनि ठेकेदारले चासो दिएको छैन । “धेरै पटक ठेकेदार पक्षलाई बोलाएर छलफल गरे पनि काम अगाडि बढ्न सकेन त्यसैले माथिल्लो निकायसँगको छलफलकै आधारमा ठेक्का तोड्ने निष्कर्षमा पुगेर प्रक्रिया सुरु भएको छ,” आचार्यले भन्नुभयो ।सो सडक खण्ड अन्तरगत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सङ्घीय सरकारका सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गराउँदा समेत काम नभएको गुनासो गर्नुभयो । “सडकको अवस्थाले स्थानीय जनप्रतिनिधिले गाली खानुपरेको छ, तर जति प्रयास गरे पनि काम अगाडि बढेन । स्थानीय तहलाई जिम्मा दिएको भए हामी बनाउन तयार थियौँ, यादवले भन्नुभयो ।” ठेकेदारसँग हुलाकी राजमार्ग निर्देशनालयका कर्मचारीहरूको मिलेमतो भएको यादवको आरोप छ । यादव यसअघि सडक निर्माणको माग गर्दे अनशन समेत बस्नुभएको थियो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सङ्घीय सरकारको तालुक मन्त्रालयसँगको समन्वयमा काम सुरु गर्ने प्रतिबद्धता सहित यादवको अनशन तोडाउनुभएको थियो । यसै गरी हुलाकी सडक अन्तर्गत सदरमुकाम जोड्ने परासी नारायण चोक सडक खण्डको १२ किलोमिटर काम थालेको ८ वर्ष पुरा हुँदा समेत पुरा भएको छैन । २०७३ सालमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माण गर्न पटक पटक म्याद उपलब्ध गराइए पनि हाल सम्म ८० प्रतिशत मात्र काम पुरा भएको छ । गत असार मसान्तमै म्याद सकिएको भए पनि काम सक्न ठेकेदारलाई पटक पटक ताकेता गर्दे आएको योजना कार्यालयले जनाएको छ । तर ठेकेदारले बाँकी काम गर्न चासो देखाएको छैन । सो सडक २५ करोडको लागतमा कञ्चनजङ्घा बिरुवा जेभी काठमाण्डौले निर्माणको जिम्मा लिएको हो । सो खण्डमा तिन किलोमिटर सडकको कालोपत्रे गुणस्तरीय नभएको भन्दै भत्काएर पुनः नयाँ कालोपत्रे गर्न भनिएको छ । साथै ठाँउठाँउमा फुटपाथ, नाला आदिको काम पनि पुरा भएको छैन । अर्को ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि ढिलासुस्ती छ । बजेट अभावमा काममा समस्या भएको इन्जिनियर आचार्यले बताउनुभयो । उक्त सडक खण्डको भौतिक प्रगति ७४ प्रतिशत रहेको छ । म्याद समाप्त भए पनि असार मसान्त सम्म काम गरेर सक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । बजेट अभावमा नियमित भुक्तानी गर्न नसक्दा काम पुरा गर्न समस्या भएको पनि योजना कार्यालय कपिलवस्तुको तर्क छ । गत वर्षकै दायित्व भुक्तानी १ अर्ब तिन करोड भएकोमा २४ करोडको मात्र अख्तियारी प्राप्त हुँदा काम गर्न कठिन भएको इन्जिनियर आचार्यले बताउनुभयो । नवलपरासीमा ३६ किलोमिटर लामो हुलाकी सडक तिन खण्डमा विभाजन गरेर १ अर्बको लागतमा विस्तार भइरहेको छ ।
देउखुरीमा यात्रु बस दुर्घटना : दुईको मृत्यु, १४ जना घाइते
दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार दिउँसो लमही–भालुवाङ सडक खण्डअन्तर्गत सिंगे खोला नजिक भएको हो।
आजदेखि दोस्रो गुल्मी महोत्सव सुरु
गुल्मी चेम्बर अफ कमर्श गुल्मीको तम्घासमा आयोजनामा गर्न लागेको ‘दोस्रो गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु गरिएको छ । यो महोत्सव ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि पर्यटन र व्यापार’ भन्ने मूल नारासहित यहि वैशाख १७ गतेसम्म तम्घासस्थित नुनथलामा चल्ने आयोजकले जनाएको छ ।
प्रचण्डद्वारा तिलौराकोटको अवलोकन, बौद्ध पर्यटनको प्रवर्धनमा जोड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गर्नुभएको छ। उहाँले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
हरित तिलोत्तमामा रङ्गिन सडक
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरी थरीका फूल ढकमक्क छन् । सडक किनारामा हरियाली उस्तै छ ।
शिक्षक आन्दोलन : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका
संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका बेला बर्दियाका सामुदायिक विद्यालयहरू भने सुनसान छन् ।
शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन् ।
सङ्कटमा इँटा उद्योग : कामदारदेखि बजारसम्म चुनौती
पहाडी जिल्लाहरूमा इँटा उद्योग कम सञ्चालनमा छन् । गुल्मीमा जिल्लामा पनि एउटा मात्रै इँटा उद्योग छ । जसले गाउँमै रोजगारीको सिर्जना गरेको छ ।
थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर
घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिनुभयो ।
घोराहीमा चौथो दाङ गजल महफिल हुने
घोराहीमा चौथो दाङ गजल महफिल हुने भएको छ ।
राजावादी समूह निस्तेज भइसक्यो : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूह निस्तेज भइसकेको टिप्पणी गर्नुभएको छ ।
प्युठान अस्पतालको निर्माणाधीन पाँच तले भवन अलपत्र
प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन विगत छ महिनादेखि अलपत्र परेको छ । २१ करोड ३० लाख रुपियाँ लागतमा नेपालगन्ज स्थित ग्रान्ड डिजाइन कन्स्ट्रक्सनले ठेक्का लिएर सुरु गरेको निर्माण कार्य हाल रोकिएको छ ।