खाली घरमा मानव कङ्काल भेटियो
माण्डवी गाउँपालिका–२ मा मानव कङ्काल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताउनुभएको छ ।
तिज लेखनवृत्ति प्रतियोगितामा सात महिला पत्रकार पुरस्कृत
बाँकेमा सात महिला पुरस्कृत भएका छन् । तिजको अवसर पारेर नेपाल प्रेस युनियन बाँकेले महिला पत्रकारहरूलाई लेखनवृत्ति पुरस्कार प्रदान गरेको हो।
दुर्घटनामा चालकको मृत्यु
पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सम्पन्न
दाङको घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ ।
औषधीसहित चिकित्सककाे टोली नरैनापुरमा
झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।
अध्यक्ष प्रचण्डद्वारा नेपालगन्ज आइसिपीको अवलोकन
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी)को अवलोकन गर्नुभएको छ ।
बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
सिद्धबाबा सुरुङमार्ग ‘एक सय दिनमै छिचोलिने छ’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणको काम सरकारको पहिलो प्राथमिकतामा रहेकाले अब निर्माणको काम तीव्र रूपमा अघि बढ्ने बताउनुभएको छ । मन्त्री दाहालले पुराना आयोजनाको भुक्तानीको काम छिटै सम्पन्न गरी अर्को महिनादेखि विकास निर्माणको काम सुरु हुने बताउनुभयो । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले पुराना योजनाको भुक्तानीमा केही ढिलाइ भएको उल्लेख गर्दै सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।
एक दशकदेखि पक्की पुल जीर्ण
इटालियन सरकारले २०५२ सालमा निर्माण गरिदिएको मोटरेबल पुल जीर्ण बन्दै गएको छ । एक दशकदेखि पुल जीर्ण बन्दै गए पनि नयाँ पुल निर्माण र मर्मतमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन । गण्डकी प्रदेशको स्याङ्जाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोड्ने रेप्कामा रहेको मोटरेबल पुल जीर्ण बन्दै गएको हो ।
तिज गीत गाउन तिवारी आमालाई भ्याइनभ्याइ
तिज पर्व नजिकिएसँगै रामपुर–५ की लक्ष्मी तिवारी (तिवारी आमा) को व्यस्तता बढेको छ । ६५ वर्षीय तिवारी आमालाई तिज कार्यक्रममा पुगेर गीत गाउन भ्याइनभ्याइ छ । परम्परागत भाका र शैलीमा समसामयिक विषयवस्तु टिपेर तिज गीत गाउने खुबी भएकी तिवारी आमालाई विभिन्न समूहले बोलाउने गरेका छन् । अहिलेको राजनीतिक तथा सामाजिक अवस्थालाई टपक्कै टिपेर गीतमा उन्न सक्ने क्षमता तिवारी आमामा छ । उहाँलाई पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, नवलपरासीसम्मबाट तिज गीत गाउन निम्तो आउने गरेको छ ।
इन्धन भण्डार बनाउन जग्गा उकास
रुपन्देहीको भैरहवामा इन्धन भण्डारणगृह निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने काम अन्ति चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाबिचमा रहेको १४ बिघा जग्गामा भण्डारणगृह निर्माणका लागि जग्गा उकास गर्ने तथा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । तीन महिनालाई पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा सहायक प्रबन्धक तेजराज तिमिल्सेनाले जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभयो । जग्गामा पर्खाल लगाउने काम सकिएपछि भण्डारणगृह निर्माणको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
छोराको सम्झनामा खानेपानीको धारा निर्माण
बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गरेका छन् । ज्येष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर आइतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
शक्तिशाली माओवादी केन्द्र आवश्यक : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र आवश्यक रहेको बताउनु भएको छ ।
बलात्कार आरोपमा तीन पक्राउ
सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवा पक्राउ परेका छन् । युवतीले शनिबार जिल्ला प्रहरीमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
खोलाले बगाउँदा एक युवा बेपत्ता
गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ मजुवाका १६ वर्षीय असीम कुमाललाई माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
माओवादीप्रति जनतामा फेरि विश्वास बढेको छ : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ ।
पाँचौँ पुलचोक कपको उपाधि रिडर्सलाई
पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ ।
ज्येष्ठ नागरिकलाई लौरो र रेडियो प्रदान
जिल्लाको चन्द्रकोट गाउँपालिकाले ८० वर्ष देखि ८२ वर्ष उमेरसम्मका १५२ जना ज्येष्ठ नागरिकको सहाराका लागि लौरो र रेडियो प्रदान गरेको हो ।
झरना सुनारलाई तीज आइडल २०८१ को उपाधि
बाँकेमा सम्पन्न भएको ऋद्धिसिद्धी खजुरा तीज आइडलको उपाधि झरना सुनारले हात पार्नुभएको छ ।
गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता
गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर- ८ मजुवाका मनबहादुर कुमालका १६ वर्षीय छोरा असिम कुमाललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार बिहान ८:३५ बजेको समयमा जालद्वारा माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
अर्को भूमिकामा जाने सोचमा छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेकाे बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको भन्दै अब पार्टीभित्र एउटा सिस्टम बसालेर आफू अर्को भुमिकामा जाने सोच गरेको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डद्वारा नेपालगन्ज रङ्गशालाको अवलोकन
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो ।