• ९ वैशाख २०८२, मङ्गलबार

रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला

blog

रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ९ गते ।
रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला परेको छ । सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुई बालकको शव सशस्त्र प्रहरीले  मङ्गलबार बिहान निकालेको हो ।

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

उनीहरुको खोजिका लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो । सुरक्षा बेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र सुरक्षा वेश बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मङ्गलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव फेला पारेको हो ।

बेपत्तामध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।