• ४ पुस २०८२, शुक्रबार

एमाले महाधिबेशन: ११ बजेसम्म एक हजार ५९५ मत खस्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस २ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति ११ः३० बजेसम्म एक हजार ५९५  मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । 

बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएकोमा मतदान गर्न सरदर एक जनालाई २५ देखि ३० मिनेट समय लाग्ने गरेको छ । उहाँले राति १२ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिएको पोखरेलले बताउनुभयो । निर्वाचन आयोग उपाध्यक्ष पोखरेलले हालको अवस्थाअनुसार बिहीबार बिहान ८ बजेसम्म मतदान हुने अनुमान रहेको बताउनुभयो । 

आयोगले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरेको जनाएको छ । टोकन लिएर बसेकालाई आयोगले बोलाएपछि मतदान गर्न जाने सुविधा छ । एमालेमा ३०१ सदस्यीय समितिका लागि ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा दुई हजार २६३ मतदाता सहभागी छन् । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ । मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुने आयोगका उपाध्यक्ष पोखरेलले बताउनुभयो ।