• २२ असार २०८२, आइतबार

इन्डोर महिला हक्कीमा आर्मी च्याम्पियन

blog

विजेता आर्मीका खेलाडी ।

काठमाडौँ, असार २० गते । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

भक्तपुरमा शनिबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० ले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै आर्मिले ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता सुदूरपश्चिमले २५ हजार रुपियाँ पायो ।

सेमिफाइनमा आर्मीले कोशी प्रदेशलाई ६–० र सुदूरपश्चिमले गण्डकीलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी आशिका एस के वेस्ट स्कोररबन्नुभयो । उहाँले आठ गोल गर्नुभएको थियो । 

आर्मीकी सरस्वती तामाङ प्लेयर अफ दी टुर्नामेन्ट बन्नुभयो । सुदूरपश्चिमकी पूर्णिमा नेगी वेस्ट डिफेन्डर, आर्मीकी कुस्मा रानामगर वेस्ट गोलकिपर र बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित हुनुभयो ।

विधागत विधाका विजेतालाई ट्रफी प्रदान गरियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, हक्की सङ्घका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

एक दिने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र आर्मी गरी पाँच टोलीले भाग लिएका थिए ।