• २१ असार २०८२, शनिबार

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई

blog

काठमाडौँ, असार २१ गते। राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ। 

उहाँले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको हो। 

मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।



यो पनि पढ्नुहोस

एसिसी यू-१६ कपको उपाधि नेपाललाई